STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

फुटबल जगतमा अग्रस्थान अोगटेको थ्री स्टार क्लबले स्वर्ण महोत्सव मनाउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २२, शुक्रबार

नेपालको ए डिभिजन फुटबल क्लबहरु मध्ये सक्रिय, प्रतिष्ठित र जनमानस चिरपरिचित क्लब थ्री स्टार क्लबले आफ्नो स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । ललितपुरमा स्थानीय युवाहरुको सक्रियतामा वि.सं. २०३१ सालमा स्थापित थ्री स्टार क्लबको स्थापनाको ५० बर्ष अर्थात स्वर्ण जयन्ती मनाउने क्रममा उत्साहजनक विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती समारोह मनाउने सन्दर्भमा जानकारी गराउन बिहीबार एक पत्रकार सम्मेलन आयोजना गरिएको छ । 

नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिहरु मध्ये एक शहिद स्मारक लिगमा २०३६ सालदेखि क्रमिक रुपमा सहभागी हुँदै आएको यस क्लबले ‘डि’, ‘सी’, ‘बि’ हुँदै क्रमिक रुपमा बढुवा भई २०३९ सालमा ‘ए’ डिभिजनमा स्थान बनाएको हो । शहिद स्मारक लिग, भारतका अन्तराष्ट्रिय खेल तथा मोफसलका समेत गरी ३० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाएर ३४ पटक विजय हासिल गरेको छ भने १४ पटक उपविजेता बनेको छ । सो मध्ये तीन पटक शहिद स्मारक लिग ए डिभिजन राष्ट्रिय लिग एक पटक, भारतका भाग लिएका विभिन्न ७ वटा प्रतियोगिताको बिजेता बनेको छ । यसरी इतिहास पल्टाइ हेर्दा क्लबको उपलब्धिपूर्णलाई यात्रालाई स्मरण गर्दै  नेतृत्वकर्ता स्व. ललितकृष्ण श्रेष्ठलाई पनि स्मरण गरेको छ  । 

  मोफसलका फुटबल प्रतियोगिताहरुमा उल्लेखनीय उपस्थिति रहेको क्लबको यो यात्रा अवधिमा कोरोना महामारी, भुकम्प लगायतका विपद्का कारणले खेल गतिविधिमा कमि आएको बताइएको छ । यी महामारीका कारण थपिएको चुनौती पार गर्दै क्लबको सक्रियता, सशक्तता कायम राख्न भएका क्रियाकलाप महत्वपूर्ण रहेको छ  । हाल ज्ञानबहादुर शाक्यको नेतृत्वमा पाँचौ पुस्ताका खेलाडीहरु खेलिरहेको छन् । २०७९ सालमा साधारण सभाबाट निर्वाचित यस कार्यसमितिको नेतृत्वमा यो अवधिमा एउटा महतवपूर्ण प्रतियोगिता जित्नुका साथै  तीनवटा प्रतियोगितामा उपविजेता बन्न सफल भएका छौं । यसरी नयाँ कार्यकारी समितिले क्लबलाई पुनः उचाईमा लान प्रयासरत रहेको छ । 

क्लबलाई हौसला प्रदान गर्न फ्यान क्लबमा ४६ हजार फ्यानहरु रहेका छन् । यसै गरी क्लबमा आवद्ध ४५४ जना आजीवन सदस्य रहेको छ भने ४० जना आजीवन सदस्यहरुको अस्ताइसकेको दुःखद् तथ्य पनि रहेको छ । 

क्लबको स्वर्ण जयन्ती समारोहको अवसरमा हुने गतिविधि र कार्यक्रमहरुको पहिलो चरणको कार्यक्रम मिति २०८१ चैत्र २३ गते शनिबार रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम रहेको छ ।   

ललितपुरको मंगलबजार स्थित आर्दश कन्या निकेतन विद्यालय परिसरमा नै जीवनदानतुल्य रक्तदान गर्न प्रेरित गर्ने तथा स्थानीय रक्तदाताबाट रक्त संकलन गर्ने एवं स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेका छ । खेल जगतमा लोकप्रिय यस क्लबका गतिविधिमा सामाजिक सेवामा सहभागिता समेत अभिबृद्धि रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो । अरनिको समाज, सम्झना ल्याब्रेटोरी क्लिनिक प्रा.लि.को प्राविधिक सहयोग रहने यस कार्यक्रममा मंगल टोल सुधार संघ र रोटरी क्लब अफ यलबाट स्वयंसेवक र ब्यवस्थापनमा सहयोग हुनेछ । यस स्वास्थ्य परिक्षणमा नशा, हाड जोर्नी, नाक, कान घाँटी, जनरल मेडिसिन, दम, फोक्सो एलर्जीको परिक्षण र औषधी वितरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम लक्षित रक्तदान न्यूनतम ५० जनाबाट रक्त संकलन हुनेछ भने दुई सय जना ब्यक्तिले विभिन्न स्वास्थ्य परिक्षणबाट लाभ लिने अपेक्षा राखिएको छ ।  

यस्तैगरी थ्री स्टारको स्वर्ण जयन्तीको अवसरमा पुराना थ्रीस्टार क्लबमा खेली आफनो योगदान दिइ आएका खेलाडीहरुलाई भेला गरी मैत्रीपूर्ण खेल र भेटघाट तथा पुर्नमिलन  कार्यक्रम पनि राखिएको छ । पूर्व खेलाडीहरुलाई सो अवसरमा सम्मान गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रम मिति २०८१ चैत्र २३ गते शनिबार दिउसो १ः३० बजेबाट बुद्धि विकास मण्डल खेल मैदानमा गरिनेछ । यो करिव ६० जना पूर्व खेलाडी भेलाभई मैत्रीपूर्ण खेल सम्पन्न हुने र खेलाडीहरुको पुनमिलन भई भाइचारको विकास हुने र क्लब संगको सम्पर्क र विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ । पहिलो चरणको कार्यक्रमको संयोजन क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठले गर्नु हुनेछ । 

स्वर्ण महोत्सवको दोश्रो चरणमा  क्लब पचास बर्ष पुगेको  अवसरमा क्लबलाई यहाँ सम्म पुऱ्याउन योगदान दिनु हुने खेलाडीहरु, शुभचिन्तकहरु, सहयोगीहरु संघ संस्थाहरुको सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

यसै अवसरमा चैत्र २९ गते नव वर्ष २०८२को पूर्व सन्ध्या पारी क्लबका शुभेच्छुक तथा अन्य क्लबसँग सम्बन्धित अतिथि, ब्यक्तित्व एवं शुभचिन्तकहरुलाई सम्मान गर्ने तथा यसै कार्यक्रममा सांगतिक कार्यक्रमका साथै नेवाः भ्वय् समेत राखिएको छ ।  करिव पाँच सयको सहभागिता रहने यस कार्यक्रममा सहभागिताका लागि सहयोग राशी रु ३,००० तीन हजार रुपिंयाको को टिकट विक्री कार्य आरम्भ भसकेको छ । क्लबलाई आर्थिकरुपमा सशक्त बनाउन यस कार्यक्रमले सघाउनेछ भने आगामी कार्य एवं कार्यक्रमलाई प्रभावकारी बनाउन यसले टेवा दिने विश्वास क्लबका महासचिव धर्मेन्द्र राज शाक्यले व्यक्त गरे ।

Categorized in खेलकुद