
वि.सं. २०८१ : चलचित्रको लागि कस्तो रह्यो ?
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख १, सोमबार

विजयरत्न तुलाधर
वि.सं. २०८१ को अन्तिम् शुक्रबार प्रदशनमा आएका दुई नेपाली चलचित्रहरुको प्रदर्शनका साथसाथै यो वर्षको नेपाली चलचित्र यात्रा समापन भएको छ । वर्षको अन्तिम शुक्रबार प्रदर्शित दुई नेपाली चलचित्रहरु “कर्मा” र “पिताम्बर” यो वर्षको प्रतिक्षित र चर्चाको चुलीमा रहेका चलचित्रहरु हुन् । यी दई चलचित्रहरुले कस्तो प्रभाव पार्ने हो त्यो त र्हृा बाँकी नै छ तर समग्रमा हेर्दा नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ सुखद रह्यो भन्नु पर्दछ । यो वर्ष प्रदर्शनमा आएका चलचित्रहरु मध्ये ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा गरेको व्यापार अभुतपूर्व रह्यो । यो चलचित्रले नेपालको चलचित्र बजारमा पचास करोडभन्दा बढी रकम आर्जन गरेको देखिएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख रुपैयाँ (ग्रस) कारोबार गरेको तथ्यांक उल्लेख छ । यो अङ्क २०८१ सालमा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै आर्जनको कीर्तिमान हो भन्नु पर्दछ । यही चलचित्रको कारण २०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष बनेकोछ ।
यो वर्ष ६४ चलचित्र प्रदर्शन भएका छन् । ती मध्ये “आचार्य” पहिले नै प्रदर्शन भईसकेको र यो वर्ष पुनः प्रदर्शन गरिएको चलचित्र हो । यो वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन भएको छ ।
यो वर्षको आरम्भमा १ वैशाखमा प्रदर्शन भएको ‘डिग्री माइला’ले औसत सफलता प्राप्त ग¥यो । त्यसपछि ‘बोक्सीको घर’ले भने अप्रत्याशित सफलता हासिल ग¥यो । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको यो चलचित्रमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइ देऊ कसैले’ लोकप्रियता शिखरमा पुग्दा त्यसको प्रभाव चलचित्रमा राम्रै परेको देखियो । केकी अधिकारी स्वयंले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार ग¥यो ।
चलचित्र बजारबाट प्राप्त तथ्यांकअनुसार यस चलचित्रको घरेलु बजारमा १० करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको छ । यो चलचित्र सफलताको श्रेय गीतसंगीत र विषयलाई जान्छ । त्यस कारण यो वर्ष कलाकारको लोकप्रियता भन्दा पनि चलचित्रको विषय बस्तु र प्रस्तुतिमा चलचित्र चलेको वर्षका रूपमा हेर्न सकिन्छ ।
यसबीच लोकप्रिय अभिनेता भनिएका अनमोल कै सिको “फर्की फर्की” र प्रदिप खड्का , आर्यन सिग्देल र पल शाह अभिनित “पुजार सार्की ” प्रदर्शनमा आए । दुबै चलचित्र प्रति व्यावसायिक सफलताको कीर्तिमान कायम गर्ने आश गरिएको भएतापनि त्यस्तो हुन सकेन । सामान्य सफलता मात्रै पाउन सक्यो । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ले चलचित्र क्षेत्रलाई चलायमान बनायो ।
यी दुवै चलचित्र प्रदर्शनअगाडि सामान्य नै सोचिएका थिए । तर, प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण यस चलचित्रले सफलताको नयाँ ‘रेकर्ड’ बनाउन सफल भयो । यो वर्ष दर्शकहरू कलाकारको अनुहारभन्दा पनि चलचित्रमा उठान गरिएको विषयलाई हेर्न आएको निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले बताए । दशैंको छेको पारेर रिलिज गरिएको “बेहली फ्रम मेघौली” लाई दर्शकले मन पराइरहेको भएपनि हलले पक्षपात गरेको आरोप लाग्यो । हल बाट सो चलचित्र अकस्मात उतारियो । दशैंको बेला १२ गाउँ संगै प्रदर्शनमा आएका जितु नेपालको “ज्वांइ साब” र दिपकराज गिरी दिपाश्री निरौलाको “छक्का पन्जा ५” मध्ये “छक्का पन्जा ५” सफल नै साबित भयो तर यो छक्का पन्जा श्रृंखलाका पूर्व चलचित्रहरुले प्राप्त गरेको सफलता भने हात पर्न सकेन ।
उनले भने, ुयो वर्ष ‘स्टार’ भनिने कलाकारका चलचित्रभन्दा सामान्य रूपमा हेरिएको तर पात्रलाई पर्दामा जीवन्त बनाउन सक्ने कलाकारको चलचित्रको व्यापार धेरै भएको पाइयो । दसैँ र तिहारमा भएको चलचित्रको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो । तर, समग्र वर्षको तथ्यांक हेर्ने हो भने समग्र बजारको आकार भने बढेको छैन ।
रैयाँ चाँदीकोु बोलको हिट गीतका साथ बनेको ‘पूर्णबहादुरको सारङ्गी’ले गरेको व्यापार ऐतिहासिक भए पनि अन्य चलचित्रले उल्लेख्य व्यापार गर्न नसक्दा समग्रमा अघिल्ला वर्षकै तुलनामा बजारमा हुने व्यापारको आकार सीमित भएको चर्चा चल्यो । वर्षको अन्त्यतिर आइपुग्दा होलिको अवसरमा प्रदर्शित “अन्जिला” पनि नसोचेको ढंगले सफलताको शिखर चढुन सफल भएको देखियो भने सानो बजेटको भनिएको “खुश्मा” पनि दर्शकको मन जित्न सफल साबित भयो । यस्तैगरी अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको “ह्श्वदीर्घ” पनि यो वर्षको सफल चलचित्रमा पर्दछ । भारतको दक्षिणभारतीय चलचित्र जगतका लोककप्रिय कलाकारहरु ब्रम्हानन्दम् , सुनिल , प्रदिप सिंह रावत जस्ता ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहेको सो चलचित्रलाई नेपालमा दर्शकले मनपराएको छ ।
यो वर्ष घरेलु बजारमार्फत अघिल्ला उल्लिखित चलचित्रसँगै ‘छक्का पञ्जा ५’, ‘होस्टेल ३’, ‘अन्जिला’ले लगानी सुरक्षित गर्दै मुनाफा आर्जन गर्न सफल भए । यसबाहेक विदेशी बजारसहित ‘घर ज्वाइँ’, ‘गाउँ आएको बाटो’ र ‘लाज शरणम्’ चलचित्रले निर्मातालाई घाटा गराएन । चलचित्र ‘वसन्त’ चैत २२ देखि प्रदर्शनरत रहेकाले यसको व्यावसायिक तथ्यांक आउन बाँकी छ ।
यस वर्ष अरू पनि चलचित्र बजारमा देखिए । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको अभिनयमा ‘महापुरुष’का साथै चलचित्र ‘राजागञ्ज’ विवादका बीच प्रदर्शनमा आए । यो वर्ष भिन्नभिन्न विषयका चलचित्र प्रदर्शन भए, वर्षको सुरुवात निकै राम्रो रह्यो । इतिहास रच्ने चलचित्रदेखि नयाँ अनुहारलाई पनि दर्शकले विश्वास गरेको पाइयो ।
हाल प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ले राम्रो व्यापार गरेपछि भारतीय चलचित्र ‘सिकन्दर’ नेपालमा असफल बनेको छ । यी यस्तै गतिविधिले गरेको संकेतका कारण पनि आउँदो वर्ष २०८२ साल नेपाली चलचित्रका लागि राम्रो हुनेमा आशावादी हुन सकिन्छ ।
चाम्सले बताए । ुचलचित्रको कथामा दर्शक आकर्षित हुनु चलचित्रकर्मीका लागि सुखद विषय हो, किनकि कलाकारमा केन्द्रित हुँदा त्यहाँ रचनात्मक पक्ष कमजोर हुन सक्छ ।
यो वर्षको सुरुवातमा प्रदर्शन भएका चलचित्रको व्यापारले आशावादी बनाएको थियो । तर, वर्षको अन्त्यमा बजार उही आकारमा रहनुले अघिल्ला वर्षभन्दा फरकपन ल्याउन नसकेको वितरक श्रेष्ठको बुझाइ छ । ुएक दुई चलचित्रको सफलताले हामीलाई उत्साहित बनाउनु स्वाभाविक हो । तर, समग्र वर्षभरिमा भएको व्यापारको आकार नबढ्ने हो भने त्यसलाई उपलब्धि कसरी मान्न सकिन्छ ? भनि प्रश्न उठ्नु स्वाभाविक नै हो ।
यो वर्ष प्रदर्शन भएको चलचित्र ‘छक्का पञ्जा ५’ ले १५ करोड २१ लाख, चलचित्र ‘१२ गाउँ’ ले १९ करोड ९१ लाख रूपैयाँ घरेलु बजारमा व्यापार गरेको तथ्यांक बक्स अफिसमा छ । यी चलचित्रको व्यापार हुनुको एउटा मुख्य कारण परिवार नै दर्शक बनेर चलचित्र भवनसम्म आउनु हो । यसअगाडि पनि व्यावसायिक रूपमा सफल भएका अधिकांश चलचित्रमा सबै उमेर समूहका दर्शकको उपस्थिति देखिएको छ ।
नेपालमा सफल भएका चलचित्रहरू आफ्नै मौलिक कथा बनेको पाइएको छ । यो वर्ष पनि सफल भएका चलचित्रको सूची हेर्दा मौलिक कथा, सामाजिक विषयले दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गरेको पाइयो । यद्यपि व्यापार मात्र सोचेर चलचित्र बनाउनु भने हुन्न, किनकि यसले विविधतामा असर गर्नाका साथै बजारीकरण गर्छ ।
यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन्, यस कारण यस वर्ष भइरहेका कामले आशावादी हुने ठाउँ प्रशस्तै दिएको छ । कामको नतिजा आउँदो वर्ष देखिनेछ, जहाँ नेपाली चलचित्रले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल सावित गर्ने चलचित्रकर्मीको विश्वास छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले आगामी वर्ष चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि बनेको ‘चलचित्र ऐन’ संशोधन हुने, बक्स अफिसमा ‘रियल डाटा’ प्राप्त हुनेलगायतका बोर्डका कार्यले चलचित्रकर्मीलाई लाभान्वित बनाउने बताएका छन् । एक तथ्यांकअनुसार हाल नेपाली चलचित्र उद्योगमा करिब १० हजार कलाकर्र्मी आबद्ध छन् ।
यो वर्ष चलचित्र भवनले सो संख्या नदिएको विवाद धेरैपटक उठ्यो । यही कारण निर्देशक निश्चल बस्नेतले चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन स्थगित गरेर ‘ओभर दी टप (ओटीटी) मा चलचित्र प्रसारण गरे । यद्यपि न्यून शोबाट सुरु भएको ‘पूर्णबहादुरको सारङ्गी’ले गरेको व्यापारका कारण सर्वकालीन सफल पनि बन्न पुग्यो । फलस्वरूप नेपाली चलचित्रले गरिरहेको व्यापार देखेर वितरकले विदेशी चलचित्र नेपालमा महँगो मूल्यमा ल्याउने संख्या कम गरेका छन् ।
यो वर्ष अभिनेता पल शाहका दुई बहुचर्चित चलचित्रहरु “रावायण”र “माषवी” ले आशा गरे अनुरुपको व्यापार गर्न नसकेके देखियो भने अन्तर्राष्ट्रिय रुपमा चर्चित “शाक्बाला”र “द रेड शुृटकेश” ले नेपालमा दर्शकको मन जित्न सकेन । यस्तैगरी विषय र प्रस्तुतिमा राम्रो भनि प्रशशा प्राप्त गरेका “आँखा”, “सानो संसार” लगायत “नुमाफुङ” जस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाएको चलचित्रका निर्देशक नबीन सुब्बाले करिब बीस वर्षको अन्तरालमा लिएर आएको “गाउँ आएको बाटो” पनि प्रशंशित तर व्यवसायमा पछी परेको चलचित्र साबित हुन पुग्यो । यस्तै गरी चर्चाको शिखरमा रहेका अभिनेता प्रदिप खडकाको “एक्टर टेक वन” पनि व्यवसायको उचाइ नाप्न असफल हुनपुष्ेको चलचित्र बन्यो ।
व्यापार व्यवसायको कुरालाई छोड्ने हो भने नेपाली चलचित्र जगत यो वर्ष विवाद र चर्चाको कारण पनि उल्लेखनीय बन्यो । यसै वर्ष चलचित्रको शिर्षकको कारण “एक्टर” र “एक्टर टेक वन”
के नाम मिलेको भन्ने विवाद चक्र्यो भने “राजागन्ज” मा संजादलाई सेन्सर बोर्डले अपात्तिजकनक मानेर काट्न लगाएको घटना पनि चर्चित नै रह्यो । यस्तैगरी “लाज शरण्म”को प्रचार सामग्रीमा पूयुक्त फोटोमा एक पात्रको अनुहारसंग मिल्न आएको भनि प्रचार प्रसार नै रोक्न लगाएको जस्तो कुरा को विवाद यो वर्ष चर्चित रह्यो ।