STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

विश्वप्रसिद्ध एनिमेशन कम्पनी पिक्सरका पूर्व लाइटिङ्ग डाइरेक्टरसंग अन्तरक्रिया हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख ६, शनिबार

Animation and VFX Artists Association of Nepal (AVAAN) को आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आगामी वैशाख ८ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रम ‘PIXAR TO PIXELS: Evening with Jeremy Vickery’ आयोजना हुने चलचित्र विकास बोर्डले सामाजिक सन्जालमार्फत सुचना सार्वजनिक गरेको छ । 

कार्यक्रममा विश्वप्रसिद्ध एनिमेशन कम्पनी PIXAR का पूर्व लाइटिङ्ग डाइरेक्टर Jeremy Vickery विशेष अतिथिका रूपमा सहभागी हुँदैछन्। Cars, Ratatouille, The Incredibles, Brave, Inside Out, WALL-E लगायत चर्चित चलचित्रहरूमा आफ्नो कलात्मक योगदान पुर्‍याएका विकरीले कार्यक्रममा चलचित्रमा एनिमेसन तथा भिएफएक्समि रूचि राख्ने नेपाली युवाहरूसँग आफ्नो अनुभव साझा गर्ने बताइएको छ ।

कार्यक्रमको प्रवेश निःशुल्क हुनेछ, तर सहभागी हुन चाहनेले अनिवार्य रूपमा अनलाइन फारममार्फत पूर्वदर्ता गर्नुपर्नेछ। कार्यक्रमले एनिमेशन, VFX, चलचित्र तथा डिजिटल मिडियामा रुचि राख्ने विद्यार्थी, सिर्जनात्मक व्यक्ति तथा प्राविधिकहरूलाई अन्तर्राष्ट्रिय अनुभवसँग साक्षात्कार गराउने लक्ष्य राखिएको छ।

चलचित्र विकास बोर्डले यस कार्यक्रमलाई नेपाली सिर्जनात्मक क्षेत्रमा प्रेरणा दिने तथा चलचित्रकर्मीको दक्षता अभिवृद्धि हुने अवसरका रूपमा लिएको छ।

उक्त कार्यक्रम वैशाख ८ गते सोमवार दिउँसो २:०० बजे चलचित्र विकास बोर्ड हलमा आयोजना हुने छ। बोर्डले चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिको लागि केहि समय अघि मात्रै ड्रोन कार्यशाला सञ्चालन गरेको थियो ।

https://www.facebook.com/share/p/16PSBo9wum/

Categorized in सिनेमा