STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

सिनेमा

  • २०८० चैत्र २, शुक्रबार

    विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको सातौं संस्करण आरम्भ

    विशिष्ट चलचित्रकर्मि नीर शाहले निफ अर्थात् नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भनेको विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको रुपमा अग्रपंक्तिमा रहेको उदगार व्यक्त गरेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताएकी छिन् । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा...

  • २०८० फाल्गुण २८, सोमबार

    ओस्कार अवार्ड : ओपेनहाइमरले जिते सात अवार्ड

    एजेन्सी - अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा ९६ औँ ओस्कार अवार्डको घोषणा गरिएको छ । ओपेनहाइमरले समारोहमा कुल सात अवार्ड जितेको छ। चलिचत्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरेका छन्। यो उनको करियरको पहिलो ओस्कार हो । ओपेनहाइमरका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने चलचित्रले उत्कृष्ट...

  • २०८० फाल्गुण २७, आइतबार

    निर्देशक समाजले यादव खरेललाई दीर्घ साधना सम्मान प्रदान

    नेपालको चलचित्र निर्देशन क्षेत्रमा लामो समयदेखि लागिरहनु भएका निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान अर्पण गरेको छ । समाजको १६ औं वार्षिक साधारणसभाको अवसर पारेर आइतवार राजधानीमा आयोजित एक समारोहमा निर्देशक खरेलसहित विभिन्न चलचित्रकर्मीलाई सम्मान गरेको हो । समाजले आयोजना गरेको चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई दीर्घ साधना...

  • २०८० फाल्गुण २७, आइतबार

    देशभरको हलबाट 'काँडेतार' उतारियो

    नेपाल-भारतको सिमा क्षेत्रमा काँडेतार लगाउने अभियानको सन्देश बोकेको नेपाली चलचित्र " काँडेतार” फागुन २५ गतेबाट प्रदर्शनमा आएको थियो भने यस चलचित्रलाई हलहरुले उपयुक्त शो नदिएको भन्दै चलचित्र ‘काँडेतार’ लाई आइतबारबाट प्रदर्शन नगराउने निर्णय गरेको निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले जानकारी दिएको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगराउने निर्णय गरिएको बताइएको छ ।...

  • २०८० फाल्गुण २५, शुक्रबार

    नारी दिवसको अवसरमा बोर्डले गरे महिला फिल्मकर्मीलाई सम्मान

    नेपाल सरकार चलचित्र विकास बोर्डले ‘अन्तरराष्ट्रिय नारी दिवस’को अवसर पारेर नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याउने ७ जना महिला फिल्मकर्मीलाई सम्मान गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मानित ७ महिला फिल्मकर्मीलाई जनही २५ हजार र सम्मानपत्र सहित सम्मानित गरेकि हुन् ।  मन्त्री शर्मा सपथ ग्रहणपछि पदभार ग्रहण गरेर यो कार्यक्रममा पुगेकी थिइन् । जसकाकारण, विकास बोर्डको यो कार्यक्रम...

  • २०८० फाल्गुण १६, बुधबार

    ‘काँडेतार’ चलचित्र टोलिद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन

    काठमाडौं– नयाँ नेपाली फिल्म ‘काँडेतार’ को टोलिले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशक तथा कलाकारसमेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । आफूले फिल्म ‘काँडेतार’ को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र आज थप संकलन गरिएको खड्काले बताएका छन् ।...

  • २०८० फाल्गुण १३, आइतबार

    निफको ओपनिङ फिल्मको रुपमा ‘आनी छोइङ डोल्मा’

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा  हरेक वर्ष हुँदै आएको नेपाल अन्तरराष्ट्रीय चलचित्र महोत्सवमा यसपटक  आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ ।  यो फिल्म चैत्र १ गते साढे तीन देखाइने कुरा फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराए अनुसार यो फिल्म जेनिफर लिन र सान बाई निर्देशित...

  • २०८० फाल्गुण ९, बुधबार

    चलचित्र पत्रकारहरुले विभिन्न माग सहित जारी गर्यो हेटौंडा घोषणा पत्र २०८०

    चलचित्र पत्रकार संघ नेपालको तत्वावधानमा चार दिने प्रथम राष्ट्रिय भेला हेटौँडामा सम्पन्न  भएको छ । संघको आयोजनामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले समन्वय तथा व्यवस्थापन गरेको थियो ।  फागुन ५ गतेदेखि ८ गतेसम्म चलेको सो भेलामा विभिन्न ११ सेसनमा  कार्यक्रम भएको हो । भेलामा सिनेमा र पर्यटनका विभिन्न विषयमा ११ सेसनमा अन्तरसंवाद भएको कुरा  संघका अध्यक्ष समीर बलामीले जानकारी दिए ।...

  • २०८० फाल्गुण ७, सोमबार

    बाफ्टा अवार्ड २०२४- ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड

    काठमाडौं– क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘ओपनहाइमर’ले ‘बाफ्टा अवार्ड २०२४’ ले ‘बेस्ट फिल्म’सहित सर्वाधिक ७ विधामा अवार्ड जितेको छ।  लण्डनमा सोमबार बिहान सम्पन्न अवार्डमा ‘ओपनहाइमर’का लागि निर्देशक क्रिस्टोफर नोलनले ‘बेस्ट डिरेक्टर’को अवार्ड जित्दा अभिनेता सिलियन मर्फेले ‘बेस्ट एक्टर’को अवार्ड जिते ।  उनले फिल्ममा जे रोबर्ट ओपनहाइमरको भूमिका अभिनय गरेका छन् । ओपनहाइमर आणविक बमका पिता हुन् ।...

  • २०८० फाल्गुण ४, शुक्रबार

    हेटौंडामा एघार सेसनमा सिनेमा र पर्यटनका संवाद सहित चलचित्र पत्रकारको राष्ट्रिय भेला

    चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ । संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।  सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तर्कृया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका...

  • २०८० फाल्गुण ४, शुक्रबार

    केकीको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज

    काठमाडौं - अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ ।  आगामी वर्षको वैशाख १४ गते रिलिज हुने फिल्मको पोस्टर फिल्म युनिटले बुधबार सार्वजनिक गरेको हो । पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको छ । नेपाली समाजमा बोक्सीले कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा...

  • २०८० फाल्गुण १, मंगलबार

    बेलायतमा डेल्फिक नेपालको चलचित्र सम्बन्धी कार्यक्रम सम्पन्न

    नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अर्न्तराष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवार शुरु भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया र चलचित्र प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस सिनेमा इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम गरेको थियो । यो...

Pages