सिनेमा
-
२०८३ जेठ १८, सोमबार
आदिवासी जनजाति चलचित्र महोत्सव आरम्भ
चलचित्र विकास बोर्डको सहकार्य तथाआदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा महोत्सव सुरु भएको हो । ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आजदेखि सुरु भएको छ । महोत्सव १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवको चलचित्र विकास बोर्डका अध्यक्ष तथा प्रमुख अतिथि दिनेशराज दाहालले...
-
२०८३ जेठ १८, सोमबार
काठमाण्डाैंमा चिनिया चलचित्र प्रदर्शन हुने
अहिले काठमाडौंमा विभिन्न अन्तर्राष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवहरु भईरहेकाेछ । हालै मात्र किम्फ सम्पन्न भएको छ भने थाई फिल्म महाेत्सव जारी छ ।यसै क्रममा चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर ६ वटा फिल्म प्रदर्शन गर्ने तय गरेको छ । यसका लागि काठमाडौँस्थित चिनियाँ सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय,...
-
२०८३ जेठ १८, सोमबार
चलचित्र पत्रकार संघ नेपालकाे विदेश च्याप्टर विस्तार
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ । नेपाली चलचित्र, कला, साहित्य तथा सांस्कृतिक गतिविधिहरू विश्वव्यापी रूपमा विस्तार हुँदै गएको वर्तमान अवस्थामा संघले यसलाई संस्थागत रूप दिन महत्वपूर्ण कदम चालेको हो । संघले हालै बसेको कार्यसमितिको बैठकमार्फत विभिन्न...
-
२०८३ जेठ १८, सोमबार
शंकर पाण्डे मुक्तिको‘मेरो आफ्नै संसार’ सार्वजनिक
नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । सर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको उक्त गीत बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत...
-
२०८३ जेठ १४, बिहिबार
चीनमा सम्पन्न एभरेष्ट फिल्म फेस्टिभल’ सहभागी फिल्मलाई धन्यवाद ज्ञापन
चीनको हुनान प्रान्तमा सम्पन्न २०२६ नेपाल ‘एभरेष्ट फिल्म फेस्टिभल’ बारे काठमाडौंमा प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ। आज चलचित्र विकास बोर्डको प्रेक्षालय, चाबहिलमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले चीनमा नेपाली चलचित्र प्रदर्शन, नेपाल–चीन चलचित्र सहकार्य, फिल्म पर्यटन र चिनियाँ बजारमा नेपाली चलचित्रको सम्भावनाबारे औपचारिक जानकारी गराएको हो। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको...
-
२०८३ जेठ १४, बिहिबार
छैठो आदिवासी चलचित्र महाेत्सव जेठ १७ गतेदेखि हुने
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३” आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेका छन् । विगतका प्रयासहरूले आदिवासी पहिचानलाई दृश्यता दिने प्रारम्भिक...
-
२०८३ जेठ १३, बुधबार
कान्स विजेतालाई निफले गरे सम्मान
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव आयाेजक (NIFF) ले नेपाली चलचित्रको टोलीलाई सम्मान गर्न विशेष अभिनन्दन कार्यक्रम आयोजना गरेका छन् । उक्त चलचित्रले सन् २०२६ को मा प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ खण्डअन्तर्गत जुरी अवार्ड र उत्कृष्ट ध्वनि निर्माण पुरस्कार जित्दै नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएको थियो ।...
-
२०८३ जेठ १३, बुधबार
नेवार युवाका लागि पाँच दिने छायांकन तालिम सम्पन्न
चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा नेवाः समुदायका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको चलचित्र छायांकन तालिम तथा कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । तालिमको अन्तिम दिन वरिष्ठ भिजुअल एडिटर मानिकरत्न तुलाधर ले तालिमको महत्वबारे प्रकाश पार्दै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । गत जेठ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त तालिम तथा कार्यशाला काठमाडौं...
-
२०८३ जेठ १२, मंगलबार
गंगारानीमा वर्षा शिवाकोटी
अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ । रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटी पोस्टरमा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन् । उनको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ । त्यसैगरी पोस्टरको अगाडि एक युवकको कालो छायाँ देखाइएको छ, जसले...
-
२०८३ जेठ ११, सोमबार
किरात राई चलचित्रकर्मी सङ्घले दिए तालिम
चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा किरात राई चलचित्रकर्मी सङ्घ को आयोजनामा आदिवासी जनजाति मातृभाषी चलचित्र सङ्घसंस्थाहरूको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ७ दिने चलचित्र लेखन तथा निर्देशन कार्यशाला आइतबाार काठमाडौंमा सम्पन्न भएको छ। कार्यशालामा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षकका रूपमा नवीन सुब्बा, महेश त्रिपाठी, वेदना राई, पशुपति राई,...
-
२०८३ जेठ ११, सोमबार
कान्समा जूरी प्राइज विजेता 'एलिफेन्ट्स इन द फग' लाई सरकारद्वारा पुरस्कृत गर्ने
अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा ऐतिहासिक 'जुरी प्राइज' जित्न सफल नेपाली चलचित्र 'एलिफेन्ट्स इन द फग' (तिनीहरू) को टोली साेमबार नेपाल आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक अविनाश विक्रम शाह र मुख्य अभिनेत्री पुष्पा थिङ लामासहितको टोलीलाई स्वागतका लागि सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिना, संस्कृति, पर्यटन तथा...
-
२०८३ जेठ १०, आइतबार
नेवाः युवा लच्छित पाँचदिने चलचित्र छायाङ्कन तालिम शुरु
चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा नेवाः युवा लच्छित पाँचदिने चलचित्र छायाङ्कन तालिम तथा कार्यशाला गोष्ठी सुरु भएको छ। २०८३ जेठ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने उक्त तालिम तथा कार्यशाला गोष्ठी केलटाेल जनबहाल–२५, मछिन्द्र क्लब, काठमाडौंमा आयोजना गरिएको हो। नेवाः युवाहरुमा नेपाली चलचित्र क्षेत्रकाे छायाङ्कनसम्बन्धी प्राविधिक ज्ञान, सिर्जनात्मक दृष्टि र व्यावहारिक...



