सिनेमा
-
२०८३ आषाढ ११, बिहिबार
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको इलिफेन्ट्स इन द फग’ भदौमा आउने
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गर्न सफल चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । चलचित्र वितरक प्रचण्डमान श्रेष्ठका अनुसार यो चलचित्र नेपालमा भदौ १९ गतेबाट प्रदर्शनमा आउनेछ । ‘इलिफेन्ट्स इन द फग’लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् । कान्समा अवार्ड पाएसँगै यो सिनेमा प्रतिक्षित बनेको छ । जंगली हात्तीको आतंकबाट आक्रान्त...
-
२०८३ आषाढ ११, बिहिबार
राता मकै किरण के सि ले घरघरमा सम्मान बाँड्ने
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संग अभिनय यात्रा अगाडि बढाइ ख्याति कमाएका अभिनेता किरण के सि अचेल राता मकैकाे उपनामबाट लाेकप्रिय छन् । उनै राता मकै किरण के सिले विगत दुई दशक अगाडि देखि आफ्नो जन्म दिन असार १५ गते कलाकार र पत्रकारलाई नगद राशि सहित सम्मान गर्दै आएका थिए । नेपालको मनाेरन्जनवृत्तमा याे समारोहकाे ठूलो महत्त्व रहँदै आएकाे थियो । साे सम्मान अर्पण गर्न इमाडाेल स्थित आफ्नो निवासमा भव्य...
-
२०८३ आषाढ १०, बुधबार
आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास गर्न छायाङ्कन कार्यशाला गोष्ठी
चलचित्र विकास बोर्डको सहयोग तथा माझी चलचित्रकर्मी सङ्घको आयोजनामा आदिवासी जनजाति मातृभाषी चलचित्रको प्रवर्द्धन, विकास तथा विस्तार गर्ने उद्देश्यले सातदिवसीय छायाङ्कन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। काठमाडौँको कपनस्थित मिलनचोक पार्टी भेनुमा सञ्चालन गरिएको उक्त तालिममा विभिन्न जातीय तथा मातृभाषी चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको सहजीकरण नेवा फिल्म सोसाइटी का अध्यक्ष...
-
२०८३ आषाढ ८, सोमबार
ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठको जीवनी फिल्म बन्ने
हास्य अभिनयकाे लागि ख्यातिप्राप्त वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित फिल्म बन्ने भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच फिल्मको औपचारिक घोषणा गरिएको हो। उक्त फिल्मको शीर्षक ‘मदनकृष्ण’राखिएको छ। निर्देशक मिलन चाम्सले फिल्मलाई निर्देशन गर्नेछन्। निर्देशक चाम्सले यसभन्दा अघि बेलायत निवासी कविता गुरुङको बायाेपिक " बबी" फुटबल खेलाडी अन्जिला तुम्बापाेकाे बायाेपिक " अन्जिला " फिल्म...
-
२०८३ आषाढ ८, सोमबार
नेपालमा पहिलो एनिमेसन चलचित्र महोत्सव हुने
नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघ (AVAAN) ले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘AVAAN Animation Film Festival–AAFF 2026’ आयोजना गर्ने भएको छ। चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा महोत्सवको औपचारिक घोषणा गरिएको हो। आगामी अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ राखिएको छ, जसलाई अंग्रेजीमा ‘My Nepal, Reimagined’ भनिएको छ। AVAAN का...
-
२०८३ आषाढ ७, आइतबार
सुनसरीको झुम्कामा सातदिने अभिनयकला तालिम सम्पन्न
सुनसरी । थारु समुदायको भाषा, संस्कृति र मौलिक पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीको झुम्कामा आयोजित सातदिने अभिनयकला तालिम सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको सहकार्य तथा थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा सञ्चालन भएको तालिममा उदयपुर, सुनसरी, सिराहा, सप्तरी र मोरङका गरी ५१ जना सहभागी थिए। तालिममा प्रशिक्षक परशुराम चौधरी र विजय...
-
२०८३ आषाढ ७, आइतबार
‘इलिफेन्ट्स् इन द फग’ लाई अन्तर्राष्ट्रिय सफलताबापत बोर्डद्वारा सम्मान
काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपाली सिनेमाले हासिल गरेको ऐतिहासिक सफलताको कदर गर्दै चलचित्र विकास बोर्डले चलचित्र ‘इलिफेन्ट्स् इन द फग’ को निर्माण टिम तथा कलाकार समूहलाई नगद रु. दुई लाख ५० हजार सहित सम्मान गरेको छ। नेपाल पर्यटन बोर्डसँगको संयुक्त आयोजनामा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’, सञ्चार तथा सूचना...
-
२०८३ आषाढ ७, आइतबार
चलचित्र समीक्षककाे दृष्टिमा हरिवंश आचार्य र दयाहाङ्ग राई उत्कृष्ट ठहरियाे
चलचित्र समीक्षकहरुकाे छाता संगठन चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले वि संं २०८१ र वि संं २०८२ गरि दुई वर्षको ‘क्रिटिक्स फिल्म अवार्ड’ एक समारोहमा प्रदान गरेको छ। शनिबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित प्रसिद्ध अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्रीहरु संचिता लुंइटेल , स्वस्तिमा खड्का र चलचित्र संघका अध्यक्ष नरेेन्द्रमहर्जन , निर्देशक समाजका अध्यक्ष अरुण...
-
२०८३ आषाढ ६, शनिबार
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को कुन विधामा को उत्कृष्ट ?
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न आठ विधामा पुरस्कार प्रदान गरियो । शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे । नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले तीन विधामा पुरस्कार जितेको छ । ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको...
-
२०८३ जेठ २७, बुधबार
क्रिटिक्स फिल्म अवार्डमा हरिवंश आचार्य र आना शर्मा उत्कृष्ट घाेषित
चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ । समाजले वर्षभरि प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको समीक्षात्मक अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा तथा फिल्म छनोट गरेको जनाएको छ । समाजले यो अवार्डलाई नेपाली चलचित्र क्षेत्रमा निष्पक्षता, पारदर्शिता र व्यावसायिक मूल्यको बलियो मानकका रूपमा...
-
२०८३ जेठ २४, आइतबार
भारतीय अभिनेता राकेश बेदी फिल्म प्रचार गर्न नेपालमा
सन् १९७६ मा फ प्रदर्शित " अहसास" फिल्म बाट आफ्नो अभिनय यात्रा शुरु गरेका वरिष्ठ भारतीय अभिनेता राकेश बेदी हिन्दी फिल्म ‘है जवानी तो इश्क होना है’ को प्रचार-प्रसारका लागि आइतवार काठमाडौं आएका छन् । उनको नेपाल भ्रमणको आयोजना फिल्म वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन् । नियोम फिल्म्स र क्यापिटल वल्र्ड ग्रुपमार्फत उनीहरूले भारत-नेपाल फिल्मसहकार्यलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह...
-
२०८३ जेठ २४, आइतबार
रोजगारी र आय बृद्धि गर्ने उद्देश्यले फाेटाेग्राफि तालिम
काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सुरु भएको छ। महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने गौरव योजनासँग जोडिएको यस तालिममा फोटोग्राफीसँगै फोटो तथा भिडियो पत्रकारितासम्बन्धी आधारभूतदेखि व्यवहारिक ज्ञान प्रदान गरिनेछ। चलचित्र विकास बोर्डको क्षमता अभिवृद्धि वर्षअन्तर्गत सञ्चालन गरिएको तालिमले युवालाई सिर्जनशील सीपमार्फत स्वरोजगार,...



