सिनेमा
-
२०८३ जेठ १०, आइतबार
चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान' बारे अन्तरक्रिया
नेपाल चलचित्र निर्माता संघको आयोजनामा शुक्रबार 'चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान' विषयक एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. को प्रमुख आतिथ्यता तथा चलचित्र निर्माता संघका पूर्व अध्यक्ष एवं विशिष्ट अतिथि युवराज लामाको विशेष उपस्थिति र ५० जना सक्रिय निर्माताहरूको प्रत्यक्ष सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
-
२०८३ जेठ ८, शुक्रबार
चलचित्र पत्रकार संघले पत्रकारहरुलाई सम्मानित गर्दै मनाए वार्षिकोत्सब
चलचित्र पत्रकार सघले जेठ ७ गते बिहीवार २७औँ चलचित्र पत्रकारिता दिवस २०८३ मनाउने क्रममा दिवंगत पत्रकार तथा संघका पूर्व अध्यक्ष सिटौलालाई मरणोप्रान्त उक्त सम्मान अर्पण गरेको छ । स्मरणीय कुरा के छ भने पत्रकार सिटौलाले आफ्नो पत्रकारिताको करियरमा कहिले पनि कुनै पनि सम्मान तथा पुरस्कार ग्रहण गरेका थिएनन् । कार्यक्रमका विशेष अतिथि महानायक राजेश हमाल, प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी...
-
२०८३ जेठ ७, बिहिबार
नेपाली चलचित्र Elephants In The Fog कान्समा प्रिमियर
यतिबेला फ्रान्समा विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल भइरहेको छ । ७९औँ संस्करणको उक्त फेस्टिभलमा निर्देशक अविनाश विक्रम शाहको फिल्म ‘एलिफेन्ट्स इन द फग’ को प्रिमियर भएको छ । त्यसअघि उक्त फिल्मका कलाकारहरु र निर्माण टिमले कान्समा आयोजित फोटो सेसन कार्यक्रमा सहभागी जनाउनु भएको थियो । । चलचित्र ‘एलिफेन्ट्स इन द फग’ फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधातर्फबाट छानिएको हो। यो फेस्टिभलको मुख्य...
-
२०८३ जेठ ७, बिहिबार
तुलसी घिमिरे र निरुता सिंहलाई सम्मानार्थ परिचय पत्र प्रदान
चलचित्र विकास बोर्डद्वारा आज बोर्ड परिसरमा आयोजित कार्यक्रममा विभिन्न विधाका १२१ जना चलचित्रकर्मीलाई आधिकारिक परिचयपत्र प्रदान गरिएको छ। बोर्ड अध्यक्ष श्री दिनेश डीसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र हस्तान्तरण गर्दै यो परिचयपत्र केवल कार्ड नभई चलचित्रकर्मीको आधिकारिक पहिचान, सम्मान, अभिलेखीकरण र पेसागत मर्यादाको प्रमाण भएको बताउनुभयो। बाेर्डले मानार्थ श्रेणी: अन्तर्गत वरिष्ठ निर्देशक तुलसी...
-
२०८३ जेठ ५, मंगलबार
चलचित्र निर्देशक समाजकाे अध्यक्षमा अरुण कुमार प्रधान विजयी
चलचित्र निर्देशक समाजकाे , मंगलबार सम्पन्न निर्वाचनमा कुल खसेको मत १५९ छ भने बेलुकी ९:३० बजे प्राप्त अन्तिम परिणाम अनुसार अध्यक्ष पदमा अरुण कुमार प्रधान विजयी भएका छन् भने प्राप्त मत संख्या यश प्रकार रहेको छ । अध्यक्ष जनकदीप पराजुली- ४६ अरुणकुमार प्रधान -१०९ (बिजयी) उपाध्यक्ष:- सुभास गजुरेल- ९५ (बिजयी) देवेन्द्र पान्डे- ५७ दीपक वली- ७१ (बिजयी) ऋषिराज आचार्य- ३२ राज बस्न्यात- २२ महासचिव समुन्द्र...
-
२०८३ जेठ ५, मंगलबार
नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल स्वरुप कान्समा पहिलो आधिकारिक स्टल
काठमाडौं। फ्रान्सको कान्स शहरमा भइरहेको ७९औं कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखी उपस्थिति जनाएको छ। बोर्डले यसलाई नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा सह–निर्माणको अवसरलाई विश्व बजारसम्म पुर्याउने ऐतिहासिक पहलका रूपमा लिएको छ। चलचित्र विकास बोर्डद्वारा...
-
२०८३ जेठ ४, सोमबार
अनुभवी निर्देशक नीर शाहले सार्वजनिक गरे फर्स्ट लुक
नेपाली चलचित्र क्षेत्रमा अनुभवी निर्देशक नीर शाहले नयाँ चलचित्र ‘कमला मिस’मार्फत पुनः निर्देशनमा सशक्त पुनरागमन गरेका छन् । साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता थपिएको छ । सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु गहिरो, रहस्यमय र...
-
२०८३ जेठ ४, सोमबार
चलचित्र निर्देशक समाजको अध्यक्षमा पाँचजनाबीच प्रतिस्पर्धा
चलचित्र निर्देशक समाजको चुनाव ५ जेठमा राजधानीमा हुदैछ । समाजको १८ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ ।समाजको नयाँ अध्यक्षका लागि अहिलेसम्म ५ जना निर्देशकले उम्मेदवारी घोषणा गरेका छन् । समाजको दोश्रो पटक नेतृत्व गर्ने उत्कट चाहना वर्तमान अध्यक्ष जनकदीप पराजुलीले देखाएका छन् । उनले आफूले पहिलो कार्यकालमा सुरु गरेका केही कामहरु गर्न समय लाग्ने भएकाले दोश्रो कार्यकालको इच्छा ब्यक्त गरेको...
-
२०८३ जेठ ३, आइतबार
चलचित्र पत्रकारिता दिवसको अवसरमा सम्मान र पुरस्कार प्रदान गरिने
देश भरीका चलचित्र पत्रकारहरुकाे छाता संगठन चलचित्र पत्रकार संघ नेपालले यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ। संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा शुक्रबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा बसेको कार्यसमिति बैठकले जेठ ७ गते आयोजना हुने २७ औं वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने...
-
२०८३ जेठ २, शनिबार
चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि सविन श्रेष्ठद्वारा कर्रा हस्तान्तरण
कलाकार सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् । कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सुर्य भाटलाई पाशुपत क्षेत्रमै उक्त सामग्री हस्तान्तरण गरेका हुन् । महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका...
-
२०८३ बैशाख ३१, बिहिबार
चलचित्र कलाकार संघमा चुनावमा उत्तम केसी र सबिन श्रेष्ठबीच प्रतिस्पर्धा
नेपाली चलचित्र कलाकार हरुकाे छाता संगठन नेपाल चलचित्र कलाकार संघको आगामी जेठ ३ गते चुनावी साधारण सभा हुँदैछ । उक्त सभाले १७ सदस्यीय नयाँ कार्यसमिति चुन्नेछ । र यसको लागि चलचित्र कलाकारबीच अहिले चुनावी सरगर्मी बढेको छ । यस पटक बरिष्ठ कलाकार उत्तम केसी र संघका वर्तमान महासचिव सविन श्रेष्ठ अध्यक्षका आकांक्षी हुन् । यी दुईबीच नै नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले आ–...
-
२०८३ बैशाख २८, सोमबार
शिव श्रेष्ठकाे पहिलो चलचित्र "जीवन रेखा " नारायणघाटमा प्रदर्शन
शिव श्रेष्ठ फाउन्डेशनको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा अनि लायन्स क्लब चितवनको व्यवस्थापनमा प्रकाश थापा द्वारा निर्देशित ‘जीवनरेखा’ , जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरियो। यस्का लागि डिजिटल सिनेमा नेपाल (डीसीएन ) को पनि सहयोग रहेको थियो। याे चलचित्र ४४ वर्ष अघि वि सं २०३९ सालमा प्रदर्शन भएको थियो । नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्...



