STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ २४, आइतबार

चलचित्र विकास शुल्कलाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार आयोजित कार्यक्रममा मोरङ, सुनसरी, झापा, सिराहा, राजविराज, उदयपुर, पाँचथर र धनकुटाका चलचित्रघरका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो। मधेस प्रदेश तथा कोशी प्रदेशका करिब ३६ चलचित्रघरका प्रतिनिधिहरूलाई चलचित्र विकास शुल्कसम्बन्धी विद्यमान ऐन–कानुन, शुल्क कार्यान्वयनको अवस्था, नियमन प्रणाली तथा पोर्टलको सैद्धान्तिक र व्यवहारिक प्रयोगबारे जानकारी प्रदान गरिएको थियो।

यसअघि कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती प्रदेश तथा काठमाडौं उपत्यकामा पनि यो तालिम सम्पन्न भइसकेको छ। 

चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा यस वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष’ का रूपमा मनाउँदै बोर्डले चलचित्र क्षेत्रसँग सम्बन्धित तालिम, अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

Categorized in सिनेमा