STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ श्रावण ६, बुधबार

    मन्त्रालय भागबन्डा सहमतिनजिक

    काठमाडौं -  शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । सत्तारूढ दलबीच आन्तरिक रूपमा भित्रभित्रै मन्त्रिमण्डल विस्तारबारे तयारी पनि भइरहेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने पक्का छ । प्रधानमन्त्रीले बिहीबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने...

  • २०७८ श्रावण ४, सोमबार

    एमाले बैठकले गर्‌यो २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय

    काठमाडौं -  नेकपा एमालेले २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले पेश गरेका थिए । बैठकले सो प्रस्ताव पारित गरेको हो । २२ जनासँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता...

  • २०७८ श्रावण ४, सोमबार

    एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, कारबाही सम्बन्धमा छलफल हुने

    काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन हुँदैछ ।

  • २०७८ श्रावण ३, आइतबार

    समाजवादी ट्रेड युनियनले वितरण गरे स्वास्थ्य सामाग्री

    समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो । प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रमिक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक...

  • २०७८ श्रावण ३, आइतबार

    प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।  प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए । एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ...

  • २०७८ श्रावण ३, आइतबार

    भीम रावलले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । २०७४ सालको प्रतिनिधि सभामा अछाम बाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश...

  • २०७८ श्रावण ३, आइतबार

    राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । शनिबार बसेको देउवा सरकारको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुरुप राष्ट्रपति कार्यालयले एक विज्ञप्ति...

  • २०७८ श्रावण ३, आइतबार

    प्रधानमन्त्री शेरबहादुर देउवाले मागे विश्वासको मत

    काठमाडौं -  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै सम्बोधन गर्दै देउवाले विश्वासको मत मागेका हुन् । उनले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले दिनहुँ संक्रमण बढिरहेको कोभिड १९ को प्रकोपलाई रोक्न सरकारलाई मत दिन आग्रह गरे ।

  • २०७८ आषाढ ३१, बिहिबार

    साउनमा ३ प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस

    सरकारले पुनर्स्थापित प्रतिनिधिसभाको बैठक ३ साउनका लागि बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनका लागि प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् बैठक ३ साउन अपराह्न ४ बजे बोलाउन सिफारिस गरिएको जानकारी दिए । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै ३ साउन ५...

  • २०७८ आषाढ ३०, बुधबार

    माधवकुमार नेपाल गद्दार : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्ने वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै क्षमा दिन नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बुधबार दिउँसो बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपाललाई कुनै पनि क्षमा गर्न नसकिने बताएका हुन् । ओलीले माधव नेपाललाई गद्दारको संंज्ञा पनि दिए । ‘माधव नेपालकै कारण...

  • २०७८ आषाढ ३०, बुधबार

    कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ  - सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी कानुन व्यवसायीले कालीगण्डकी नदी संरक्षणका लागि विभिन्न आदेश माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि...

  • २०७८ आषाढ ३०, बुधबार

    मूल्यवृद्धिविरुद्ध देशभरका पेट्रोल पम्प बन्द गराइने

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्न थालेका छन् । पाँच विद्यार्थी संगठनले पूर्वघोषणाअनुरूप नै धमाधम पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गरेका हुन् । यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए।

Pages