STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चिनियाँ विदेशमन्त्रीले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्री भेट्दै

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १२, शनिबार

काठमाडौँ - नेपालको तीन दिने भ्रमणका रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै छन्  ।

चीनका स्टेट काउन्सिलर समेत रहेका वाङ बिहान कीर्तिपुरमा हाइकिङ गएका छन् । हाइकिङबाट फर्किएपछि दिउँसो वाङले समकक्षी डाक्टर नारायण खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम छ । भेटका क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले काठमाण्डौबाटै भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नेछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको हो । यस्तै, नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्थाको विषयमा विस्तृतमा छलफल हुने भएको छ ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । त्यस्तै, नेपाल र चीनबीच केरुङ–काठमाण्डौ सीमापार रेलसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका क्रममा घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान सहयोग कार्यान्वयनको विषयमा पनि समझदारी गर्ने तयारी छ ।

चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएकोमा १५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । यो अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुनेछ । चिनियाँ विदेशमन्त्री वाङले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम  छ ।

दुई नेतालाई भेटेपछि विदेशमन्त्री वाङ भोलि नै स्वदेश फर्किने कार्यतालिका छ ।  पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ विशेष विमानमार्फत हिजो काठमामाडौँ आएका हुन् ।

Categorized in राजनीति