STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ आषाढ २२, मंगलबार

    वायुसेवा निगमलाई कम्पनी मोडेलमा लैजाने तयारी, विरोधमा तालाबन्दी

    नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने मनसायसहित कम्पनी मोडेलमा लैजाने सरकारले तयारी गरेको भन्दै त्यसको विरोधमा प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा कर्मचारीले लगाएको ताला प्रहरीले खुलाएको छ । संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई ताला खुलाउन पत्राचार गरेपछि प्रहरी लगाएर ताला तोडिएको हो । निगममा कार्यतर कर्मचारीले विभिन्न माग राखी १८ असारदेखि महाप्रबन्धक तथा...

  • २०७८ आषाढ २२, मंगलबार

    ‘प्रचण्ड’ नेपाललाई भेट्न कोटेश्वरमा

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्ड सीधै कोटेश्वरस्थित नेपाल निवासमा पुगेका हुन् । हाल दुई नेताबीच छलफल जारी रहेको स्रोतले बताएको छ । यता, पार्टीको आन्तरिक विवाद समाधानका लागि नेकपा...

  • २०७८ आषाढ २२, मंगलबार

    एमालेको कार्यदलबीच सिंहदरबारमा वार्ता जारी

    काठमाडौं - नेकपा एमालेको कार्यदलबीच सिंहदरबारमा वार्ता जारी छ । फुटको संघारमा रहेको पार्टी जोगाउन गठित कार्यदलको आजको बैठकले सहमतिको मस्यौदा टुंगो लगाउने तयारी छ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त...

  • २०७८ आषाढ २२, मंगलबार

    संसद विघटन सम्बन्धी मुद्दाको बहस सकियो, फैसला असार २८ मा

    काठमाडौं - संसद विघटन सम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । यससम्बन्धी फैसला भने असार २८ गते आउने भएको छ । सर्वोच्च अदालतमा परेको रिट उपर पक्ष र विपक्षका तर्फबाट बहस सकिएको छ । हाल संवैधानिक इजलासमा सुनुवाई भइरहेको मुद्धामा एमिकस क्युरीको राय समेत प्रस्तुत भइसकेको छ । अब आगामी सोमबारका लागि पेशी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

  • २०७८ आषाढ २०, आइतबार

    राष्ट्रिय सभाको दोस्रो बैठक बस्दै

    राष्ट्रिय सभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकका लागि २ वटा सम्भावित कार्यसूची मात्र तय गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण...

  • २०७८ आषाढ २०, आइतबार

    पार्टी एकताको लागि एमाले नेताहरु दौडधुपमा

    काठमाडौं - पार्टी फुटको संघारमै रहेको सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरू पार्टी बचाउँन अन्तिम दौडधुपमा लागेका छन् । नेपाल समूहका नेताहरु भीम आचार्य, गोकर्ण विष्ट, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे आज विहान पनि माधव नेपाल निवास कोटेश्वर पुगेका छन् । नेताहरुले पार्टी पुनर्मिलनमा गम्भीर हुन माधव नेपाललाई आग्रह गरेको बताइएको छ । त्यस्तै ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल पनि...

  • २०७८ आषाढ १९, शनिबार

    नेपालले भने - अब हस्ताक्षर फिर्ता हुन्न

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको मागसहित सर्वोच्च अदालतमा रिट दायरका लागि गरिएको हस्ताक्षर फिर्ता नहुने अडान लिएका छन् । अध्यक्ष केपी ओलीसँगको फोन संवाद र आफूनिकट निवर्तमान सांसदहरूसँगको संवादमा उनले हस्ताक्षर फिर्ता नहुने अडान लिएका हुन् । अध्यक्ष ओलीलाई आफूले हस्ताक्षर फिर्ता नलिने बताएको जानकारी उनले सांसदहरूलाई गराएका...

  • २०७८ आषाढ १८, शुक्रबार

    प्रतिनिधिसभा निर्वाचनको लागि ७ अर्ब ७२ करोडसम्म खर्च गर्न सहमति

    काठमाडौं - अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । मन्त्रालयले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहँदा निर्वाचनका लागि आयोगलाई सो रकम खर्च गर्ने गरी सहमति दिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन,२०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्रीलगायत अन्य...

  • २०७८ आषाढ १८, शुक्रबार

    एमालेको साख गिराएर ध्वस्त पार्ने काम हुँदैछ : प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिशील शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताए । शुक्रवार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयास भइरहेको बताए । उनले देशलाई अनुशासनहीन, उच्छृङ्खल र सामाजिक सभ्यताको उल्लङ्घन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि बताए...

  • २०७८ आषाढ १८, शुक्रबार

    ओलीको केन्द्रीय कमिटी बैठकमा वामदेव गौतम सहभागी

    काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका छन् । नवौं महाधिवेशनको हैसियत अनुसार बैठकमा सहभागी हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागी हुन लागेको उनको सचिवालयले जनाएको छ। माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले...

  • २०७८ आषाढ १८, शुक्रबार

    राष्ट्रियसभाको बैठकमा १६ अध्यादेश पेश

    काठमाडौं - राष्ट्रियसभाको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गरे । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)...

  • २०७८ आषाढ १७, बिहिबार

    ओलीको बैठकमा सहभागिताबारे निर्णय गर्न झलनाथ-माधव पक्षकाे बैठक बस्दै

    पार्टी अध्यक्ष केपी ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुने निर्णय गर्न एमाले झलनाथ-माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ । नेता युवराज ज्ञवालीका अनुसार सोही बैठकले भोलि के गर्ने भन्ने निर्णय लिने छ । अध्यक्ष ओलीले भोलि बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका छन् । त्यसअघि बुधबार उनले महाधिवेशन आयोजक कमिटी भंग गरी स्थायी कमिटीमा आठ जनालाई मनोनयन गरेका छन् । स्थायी कमिटीमा सदस्य थप...

Pages