STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ जेठ ३१, सोमबार

    नरोत्तम वैद्यमाथि हत्या दुरुत्साहन मुद्दा दर्ता, कांग्रेसको आपत्ति

    बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएको छ । यसमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा २८ जेठको बैठकमा प्रधानमन्त्री ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको...

  • २०७८ जेठ ३१, सोमबार

    वागमती प्रदेश : मुख्यमन्त्री र नेतृ शाक्यबीच मिलाप, नीति तथा कार्यक्रम सहज पारित

    वागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यबीच पानी बाराबारको अवस्थामा नाटकीय परिवर्तन आएपछि शनिबारदेखि मिलाप सुरु भयो । प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहज भयो । बागमती प्रदेशको हकमा नेतृ शाक्य जुन हदमा लचिलो भइन्, त्यति नै लचिलो मुख्यमन्त्री डोरमणि पौडेल भइदिए । नेतृ शाक्यको भनाइमा केन्द्रीय राजनीतिभन्दा पनि प्रदेशमा मिलेर जान सकिने अवस्था आएकाले...

  • २०७८ जेठ २९, शनिबार

    कांग्रेस महाधिवेशनको मिति सार्ने प्रस्ताव

    काठमाडौँ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति सर्ने भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मिति केहि पर सार्ने प्रस्ताव राखेको हो । स्रोतका अनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

  • २०७८ जेठ २९, शनिबार

    गण्डकी प्रदेश मुख्यमन्त्रीमा कांग्रेस नेता पाेखरेल नियुक्त

    काठमाडौँ - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । विवादकाबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । २७ गते भएको निर्वाचनमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ः००...

  • २०७८ जेठ २९, शनिबार

    पूर्वप्रधानमन्त्रीद्वारा ओ‌लीलाई चेतावनी - देश र जनतालाई असर पार्ने काम नहाेस्

    काठमाडौँ - केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतालाई असर पार्ने प्रकृतिका काम नगर्न पाँच जना पूर्वप्रधानमन्त्रीले चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पारेको बताएका...

  • २०७८ जेठ २९, शनिबार

    नाथुराम गोड्से अभिव्यक्तिलाई लिएर नरोत्तम वैद्यद्वारा आत्मालोचना

    काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा दिएको अभिव्यक्तिप्रति आत्मालोचना गरेका थिए । प्रदेश सभाको बैठकमा वैद्यले आफूले आवेगमा आएर संविधानले दिएको स्वतन्त्रताभन्दा धेरै बोलेको भन्दै आत्मालोचना गरेका हुन् । प्रधानमन्त्री ओलीप्रति आफ्नो कुनै रिसइबी नरहेको र उनको कार्यशैलीका कारण केही आवेगमा आएर चाहिनेभन्दा धेरै बोल्न पुगेको वैद्यको...

  • २०७८ जेठ २९, शनिबार

    बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

    बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र  शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए । छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका...

  • २०७८ जेठ २९, शनिबार

    कांग्रेस पदाधिकारी बैठक बस्दै

    नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक अहिले बस्दैछ । दिउँसो २ बजेबाट पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेकाे छ । बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुने छ । कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसले भदौ ७ देखि १० सम्म १४औँ महाधिवेशन गर्नेगरी मिति तोकेको छ । तर, कोरोना...

  • २०७८ जेठ २९, शनिबार

    गण्डकी प्रदेशमा कांग्रेस सांसदद्वारा मुख्यमन्त्रीमा दावी

    पोखरा - गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले ३१ सांसदको हस्क्षारसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनले शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पोखरेलाई पत्र थमाउँदै दावी मुख्यमन्त्री पदका लागि दावी गरेका हुन् । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय...

  • २०७८ जेठ २९, शनिबार

    मेडिकल कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बि एण्ड सी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्। शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आयोगको सातौं बैठक बसेको थियो। प्रधानमन्त्री ओलीले नेपाललाई शिक्षा र स्वास्थ्यको शैक्षिक हब बनाउने धारणा राख्दै देशमा...

  • २०७८ जेठ २७, बिहिबार

    विश्वासको मत नपाएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त

    काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् । उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र...

  • २०७८ जेठ २७, बिहिबार

    थपिए ७ मन्त्री र १ राज्यमन्त्री

    काठमाडौं - पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्। ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले  गृह मन्त्रालयको जिम्मा पाएका छन् ।...

Pages