STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ जेठ १०, सोमबार

    विघटनविरुद्धको रिट निवेदनमा नेपाल पक्षका २३ सांसदको हस्ताक्षर

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ताका लागि नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । २३ जना सांसदको हस्ताक्षरसहित आफूहरू सर्वोच्च अदालतमा आइपुगेको र हस्ताक्षर गर्ने एमालेका सांसद अझै थपिने खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले बताए । देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा झलनाथ खनाल,...

  • २०७८ जेठ १०, सोमबार

    हामी चुनावका पक्षमा छौँः राप्रपा

    काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ ।जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको  समाधान खोज्न सकिने जनाउँदै  राप्रपाले सोही विश्वासका साथ पार्टी चुनावको पक्षमा रहेको बताएको छ । राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकद्वारा पारित प्रस्तावमा भनिएको...

  • २०७८ जेठ ९, आइतबार

    राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

  • २०७८ जेठ ९, आइतबार

    राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्याप्ने एकजना पक्राउ

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेका एकजनालाई काठमाडौं प्रहरी परिसरले जनाएको छ । संसद विघटनको विरोधमा प्रदर्शनमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका गरेका हुन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई हाल महानगरीय प्रहरी वृत्त,...

  • २०७८ जेठ ९, आइतबार

    विपक्षी गठबन्धनले सर्वोच्चमा सामूहिक रुपमा रिट दर्ता गर्दै

    काठमाडौँ - प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्चमा सामूहिक रुपमा रिट दर्ता गर्दैछन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार बन्ने सम्भावना हुँदाहुँदै मनपरी निर्णय गरेको भन्दै सकभर एक सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ताको तयारी गरिएको विपक्षी गठबन्धनले जनाएको छ । रिट दर्ताको लागि अहिले दलहरु आन्तरिक...

  • २०७८ जेठ ९, आइतबार

    ‌ओलीलाई साथ दिने जसपाका सांसदहरुमाथि कारबाही निर्णय

    जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवका अध्यक्ष उपेन्द्र यादवका अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ । पार्टीको विधानविपरीत फर्जी तरिकाले अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलमा...

  • २०७८ जेठ ८, शनिबार

    प्रतिनिधिसभा विघटन कपटपूर्ण, जालसाजी र धोका : सर्वोच्च अदालत बार

    सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको कपटपूर्ण, जालसाजी र धोका भनेको छ । शुक्रबार राति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्दै निर्वाचनको मिति घोषणापछि सर्वोच्च बारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै यो कदमलाई संविधानमाथिको कपटपूर्ण जालसाजी भनेको हो । 'प्रधानमन्त्री तथा राष्ट्रपतिको मिलोमतोमा भएको स्पष्ट देखिने गरी धारा ७६ को उपधारा ७ बमोजिम...

  • २०७८ जेठ ८, शनिबार

    संसद विघटनविरुद्ध विपक्षी गठबन्धन अदालत जाने

    काठमाडौं  - विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेको हो । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव,...

  • २०७८ जेठ ८, शनिबार

    प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरूद्ध सबै प्रकारको संघर्ष गरिने : माओवादी केन्द्र

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गरिने बताएका छन्। शुक्रबार राति प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डले यस्तो संघर्षमा उभिन लोकतन्त्र पक्षधर सबै राजनीतिक दल,...

  • २०७८ जेठ ८, शनिबार

    एमाले स्थायी कमिटी बैठक आज बस्दै, नेपाल-खनाल पक्षमाथि कारबाही हुनसक्ने

    नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले माधव नेपाल पक्षमाथि कारबाही गर्न सक्ने कतिपयको अनुमान छ । ओलीले पार्टीको उम्मेदवार हराउने कदम क्षम्य नहुने बताइसकेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले एमालेमा अनुशासन उल्लंघन...

  • २०७८ जेठ ८, शनिबार

    संसद् भवनमा विपक्षी गठबन्धनको बैठक सुरू

    मन्त्रिपरिषदको सिफारिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएपछि राजनीतिक सरगर्मी बढेको छ । राष्ट्रपतिले मध्यरातमा उठाएको कदमका सम्बन्धमा समान धारणा बनाउनका लागि विपक्षी गठबन्धन छलफलमा जुटेका छन् । नयाँ बानेश्वरको संसद भवनस्थित लोत्से हलमा विपक्षी गठबन्धनको छलफल सुरू भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र...

  • २०७८ जेठ ८, शनिबार

    खनाल-नेपाल समूहलाई कारबाही गर्ने एमालेको तयारी

    काठमाडौं - नेकपा एमालेले खनाल–नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ । खनाल–नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । उनले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो । संविधानको...

Pages