STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालुवाटारमा सत्तारूढ शीर्ष नेताहरूकाे बैठक

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २३, शुक्रबार

प्रधानमन्त्री निवास वालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल सुरु भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू सम्मिलित राजनीतिक समन्वय समितिको बैठक भइरहेको हो ।

सत्ता गठबन्धनका रहेका दलका नेताहरूबीच १२ माघमा हुने राष्ट्रियसभा निर्वाचन, सरकार सञ्चालनमा भइरहेको समस्या, आर्थिक तरलता, संसद् अवरोध हटाउनेलगायतका विषयमा छलफल हुनेछ । शीर्ष नेताहरू छलफलमा जुट्नुअघि २२ पुसमा राजनीतिक समन्वय समितिले छलफल गरेको छ ।

उक्त छलफलअघि कांग्रेस नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीसँग बालकोटमा भेटघाट पनि गरेका थिए । संसद् अवरोध हटाउने र प्रतिपक्षसँगको सम्बन्ध सुधारका लागि पौडेलले उक्त प्रयास गरेका हुन् । केही समयअघि प्रचण्डले पनि ओली बालुवाटार नआए आफू नै बालकोट गएर समस्या समाधान खोज्ने बताएका थिए ।

पछिल्लो राजनीतिक समस्या समाधानका लागि पौडेल नेतृत्वको समितिले १६ बुँदे सुझाव पनि दिएको थियो । ती बुँदामा पनि छलफल हुने नेताहरूले बताएका छन् । आजको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,  माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू छन् । 

Categorized in राजनीति