STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय तहको चुनावको मिति घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको माग

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

३ माघ, काठमाडौँ - गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय तहको चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।

स्थानीय सरकारका प्रतिनिधमूलक यी संस्थाहरुले आज संयुक्त विज्ञप्ति निकालेर तत्काल स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेका हुन् ।

समयमै चुनाव नभएमा पालिका प्रमुख र वडाध्यक्षहरुले गर्दै आएका सिफारिस लगायतका कामहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

’संविधानले नै जनप्रतिनिधिविनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको पनि व्यवस्था नगरेकाले समयमै चुनाव गर्नुको विकल्प नरहेको तीनवटै संस्थाको ठहर छ ।

निर्वाचन आयोगले आउँदो वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले चुनावको मिति तोकेको छैन । सरकारले चुनावको मिति घोषणा गर्न ढिलाई गरेपछि तीन वटै संस्थाले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएका हुन् ।

संविधान र विद्यमान कानूनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रुपमा गरिसक्नु पर्नेछ’ विज्ञप्तिमा उल्लेख छ ।

Categorized in राजनीति