STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ जेठ २९, शनिबार

    नाथुराम गोड्से अभिव्यक्तिलाई लिएर नरोत्तम वैद्यद्वारा आत्मालोचना

    काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा दिएको अभिव्यक्तिप्रति आत्मालोचना गरेका थिए । प्रदेश सभाको बैठकमा वैद्यले आफूले आवेगमा आएर संविधानले दिएको स्वतन्त्रताभन्दा धेरै बोलेको भन्दै आत्मालोचना गरेका हुन् । प्रधानमन्त्री ओलीप्रति आफ्नो कुनै रिसइबी नरहेको र उनको कार्यशैलीका कारण केही आवेगमा आएर चाहिनेभन्दा धेरै बोल्न पुगेको वैद्यको...

  • २०७८ जेठ २९, शनिबार

    बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

    बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र  शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए । छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका...

  • २०७८ जेठ २९, शनिबार

    कांग्रेस पदाधिकारी बैठक बस्दै

    नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक अहिले बस्दैछ । दिउँसो २ बजेबाट पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेकाे छ । बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुने छ । कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसले भदौ ७ देखि १० सम्म १४औँ महाधिवेशन गर्नेगरी मिति तोकेको छ । तर, कोरोना...

  • २०७८ जेठ २९, शनिबार

    गण्डकी प्रदेशमा कांग्रेस सांसदद्वारा मुख्यमन्त्रीमा दावी

    पोखरा - गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले ३१ सांसदको हस्क्षारसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनले शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पोखरेलाई पत्र थमाउँदै दावी मुख्यमन्त्री पदका लागि दावी गरेका हुन् । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय...

  • २०७८ जेठ २९, शनिबार

    मेडिकल कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बि एण्ड सी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्। शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आयोगको सातौं बैठक बसेको थियो। प्रधानमन्त्री ओलीले नेपाललाई शिक्षा र स्वास्थ्यको शैक्षिक हब बनाउने धारणा राख्दै देशमा...

  • २०७८ जेठ २७, बिहिबार

    विश्वासको मत नपाएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त

    काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् । उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र...

  • २०७८ जेठ २७, बिहिबार

    थपिए ७ मन्त्री र १ राज्यमन्त्री

    काठमाडौं - पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्। ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले  गृह मन्त्रालयको जिम्मा पाएका छन् ।...

  • २०७८ जेठ २५, मंगलबार

    मन्त्रिपरिषद् विस्तारबिरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्विकार

    काठमाडौं - मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु अघि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो । अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । साथै, इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतकासँग मन्त्रिपरिषद पुनर्गठन...

  • २०७८ जेठ २४, सोमबार

    मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद् विस्तार विरुद्ध रिट दर्ता भएको अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले बताए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अहिलेको सरकार कामचलाउ हैसियतको रहेकाले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै मन्त्रिपरिषद विस्तार बदर...

  • २०७८ जेठ २४, सोमबार

    ओलीको प्रस्ताव फण्डामात्र : खनाल–नेपाल समूह

    काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको प्रस्तावलाई खनाल–नेपाल समूहले राम्रो नियत नभएको प्रतिक्रिया दिएको छ । एकताको आह्वान राम्रो नियतबाट नआएको र यसमा धेरै षड्यन्त्रहरु रहेको खनाल–नेपाल समूहका नेताहरुको आरोप छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउका लागि दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेकाले पार्टी अध्यक्ष एवम्...

  • २०७८ जेठ २४, सोमबार

    खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

    नेकपा (एमाले) खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज सोमबार बस्दै छ । अध्यक्ष केपी ओलीले आइतबार पार्टी एकताका लागि आह्वान गरेपछि खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले त्यसबारेमा छलफल गर्न लागेका हुन् । ओलीको अपिलबारे स्थायी कमिटी सदस्यहरूले आज भर्चुअल रूपमा छलफल गर्ने तय भए पनि समय भने यकिन भइसकेको छैन । एक वक्तव्य जारी गर्दै ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरेका थिए । उक्त...

  • २०७८ जेठ २३, आइतबार

    कर्णाली प्रदेश सरकार : कांग्रेसबाट दुई मन्त्री नियुक्त

    काठमाडौं - कर्णालीका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । नवनियुक्त मन्त्री कांग्रेसबाट सहभागी भएका हुन् । मन्त्रीपरिषद् विस्तारपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

Pages