STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ आषाढ ५, शनिबार

    कांग्रेस महाधिवेशन भदौ १६-१९ काठमाडौँमा

    काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन  आगामी साउन १२ गते, गाउँ/नगरपालिका  अधिवेशन साउन १६...

  • २०७८ आषाढ ४, शुक्रबार

    ओलीविरुद्धको मोर्चालाई सशक्त बनाउने कांग्रेसको निर्णय

    नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधानको रक्षा गर्न पार्टी समूह र व्यक्तिहरूलाई जोड्दै एकताबद्ध भएर अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका नेता प्रकाश शरण महतले जानकारी दिए । ‘हामी चाहान्छौँ लोकतन्त्रको रक्षा...

  • २०७८ आषाढ ४, शुक्रबार

    पार्टी वैधानिकता दावी गर्दै उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा

    पार्टीको आधिकारिकता माग गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरु शुक्रबार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको माग गरेका हुन् । यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गरेका हुन् । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले...

  • २०७८ आषाढ ४, शुक्रबार

    गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

    गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले शुक्रबार राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिए । सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाए । एकल...

  • २०७८ आषाढ ४, शुक्रबार

    आज विश्वासको मत लिँदै गण्डकी प्रदेश प्रमुख

    पोखरा - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्न लागेका हुन्। एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते...

  • २०७८ आषाढ ३, बिहिबार

    सर्वोच्चलाई प्रधानमन्त्रीको लिखित जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन्। प्रतिनिधिसभा विघटन गर्नुका कारण सहित ओलीले बिहिबार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ बुझाएका हुन् । प्रतिनिधि सभा विघटनको कारण सोध्दै अघिल्लो साता सर्वोच्चले सात दिनभित्र लिखित जवाफ बुझाउन प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयलाई आदेश गरेको थियो । प्रधानमन्त्रीले १८ बुँदे जवाफको सार संक्षेपमा अदालतले...

  • २०७८ आषाढ ३, बिहिबार

    जसपा उपेन्द्र-बाबुराम पक्षले गर्‌यो मन्त्री नेतालाई पार्टीबाट निष्काशन

    काठमाडौं - जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र  डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र  डा.बाबुराम भट्टराई  पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले  महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा,  शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ,  विमल श्रीवास्तव ,...

  • २०७८ जेठ ३१, सोमबार

    नरोत्तम वैद्यमाथि हत्या दुरुत्साहन मुद्दा दर्ता, कांग्रेसको आपत्ति

    बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएको छ । यसमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा २८ जेठको बैठकमा प्रधानमन्त्री ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको...

  • २०७८ जेठ ३१, सोमबार

    वागमती प्रदेश : मुख्यमन्त्री र नेतृ शाक्यबीच मिलाप, नीति तथा कार्यक्रम सहज पारित

    वागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यबीच पानी बाराबारको अवस्थामा नाटकीय परिवर्तन आएपछि शनिबारदेखि मिलाप सुरु भयो । प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहज भयो । बागमती प्रदेशको हकमा नेतृ शाक्य जुन हदमा लचिलो भइन्, त्यति नै लचिलो मुख्यमन्त्री डोरमणि पौडेल भइदिए । नेतृ शाक्यको भनाइमा केन्द्रीय राजनीतिभन्दा पनि प्रदेशमा मिलेर जान सकिने अवस्था आएकाले...

  • २०७८ जेठ २९, शनिबार

    कांग्रेस महाधिवेशनको मिति सार्ने प्रस्ताव

    काठमाडौँ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति सर्ने भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मिति केहि पर सार्ने प्रस्ताव राखेको हो । स्रोतका अनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

  • २०७८ जेठ २९, शनिबार

    गण्डकी प्रदेश मुख्यमन्त्रीमा कांग्रेस नेता पाेखरेल नियुक्त

    काठमाडौँ - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । विवादकाबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । २७ गते भएको निर्वाचनमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ः००...

  • २०७८ जेठ २९, शनिबार

    पूर्वप्रधानमन्त्रीद्वारा ओ‌लीलाई चेतावनी - देश र जनतालाई असर पार्ने काम नहाेस्

    काठमाडौँ - केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतालाई असर पार्ने प्रकृतिका काम नगर्न पाँच जना पूर्वप्रधानमन्त्रीले चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पारेको बताएका...

Pages