STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संसदमा एमालेको नाराबाजी, अर्को बैठक ८ गते

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ७, शनिबार

काठमाडौंं - संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।

सभामुखको अनुमतिअनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका प्रतिवेदन पेस गरेका छन् ।

फागुन ८ गते दिनको १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित गरिएको घोषणा गरे ।

Categorized in राजनीति