STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमसीसी विरुद्धमा परेको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १०, मंगलबार

काठमाडौं - सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।

एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको रिट मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।

अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी सम्बन्धित पक्षलाई गराउने गरिन्छ, यसलाई नै दरपीठ भनिन्छ ।

एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने हुनाले दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अदालतमा रिट परेको थियो ।

Categorized in राजनीति