STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ आषाढ ३०, बुधबार

    तामझामका साथ बालुवाटारबाट बालकोट फर्किए ओली

    निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्किएका छन् । सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली बालुवाटारबाट बालकोटस्थित आफ्नो निवास फर्किएका हुन् । ओलीलाई एमालेका कार्यकर्ताहरूले स्वागत तथा स्कर्टिङ गरिरहेका छन् । कार्यकर्ताहरूले हातमा राष्ट्रिय झण्डा बोकेका छन् भने 'आई लभ यू केपी बा',  'केपी ओली जिन्दावाद' लगायतका नारा लगाएका...

  • २०७८ आषाढ २९, मंगलबार

    देउवा सरकारको पहिलो निर्णय : चैत्रभित्र सबैलाई खोप

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार राति बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैत्रभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको हो । आजै सरकारको प्रवक्ता तोकिएका  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनका अनुसार सरकारले अग्रपंक्तिमा खटिएकालाई एक साताभित्र भत्ता उपलब्ध...

  • २०७८ आषाढ २९, मंगलबार

    नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    शेरबहादुर देउवा सरकारका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई शपथ गराएकी हुन् । राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीहरू बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले शपथ लिएका हुन् । नवनियुक्त मन्त्री खाँडले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्...

  • २०७८ आषाढ २९, मंगलबार

    देउवाले लिए शपथ, सिंहदरबार पुगी सम्हाले पदभार

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डालीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेपछि शपथग्रहण कार्यक्रम केहीबेर रोकिएको थियो । राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्याएपछि देउवाले शपथ...

  • २०७८ आषाढ २९, मंगलबार

    राष्ट्रपतिको विज्ञप्ति सच्चिए, शपथ लिन देउवा शीतलनिवासमा

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेको स्राेतकाे भनाइ छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति देउवाले आपत्ति...

  • २०७८ आषाढ २९, मंगलबार

    राष्ट्रपतिको विज्ञप्तिप्रति देउवाको आपत्ति, शपथ लिएनन्

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिप्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । विज्ञप्ति नसच्याएसम्म शपथ ग्रहण गर्न देउवाले अस्वीकार गरेका छन् । देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्तीपत्र सच्याएर पुन जारी नगरेसम्म शपथ नलिने बताएको स्रोतको दाबी छ । संविधानको धारा उल्लेख...

  • २०७८ आषाढ २९, मंगलबार

    खोप माग्दै यातायात व्यवसायीले दिए धर्ना

    कोभिडविरुद्धको खोपलगायतका विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् । यातायातक्षेत्र कोभिडको उच्च जोखिम भएको र सबैभन्दा धेरै असर परे पनि सरकारले वास्ता नगरेको कारण आन्दोलित हुन बाध्य भएको सार्वजनिक यातायात केन्द्रीय महासघं नेपालका अध्यक्ष दोलनाथ खनालले जानकारी दिए । ‘हामीले एक हप्ताअघि नै प्रधानमन्त्री कार्यालय, यातायात मन्त्रालय, अर्थ मन्त्रालय,...

  • २०७८ आषाढ २९, मंगलबार

    बादल हटेर फेरि सूर्य उदाउनेछ : ‌ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सवै षड्यन्त्रलाई परास्त गर्दै फेरि एमाले मुलुकमा उदाउने बताएका छन् । सर्वोच्च अदालतले परमादेशबाट सत्ताच्यूत गरेपछि प्रधानमन्त्रीका रुपमा मंगलबार अन्तिम सम्बोधन गर्दै ओलीले एकछिन बादल लागेको भए पनि बादल हटाएर फेरि सूर्य उदाउने बताएका हुन् । ‘सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन, अहिले एकछिन बादल लागेको छ, तर बादल हटाएर फेरि सूर्य उदाउने छ,’...

  • २०७८ आषाढ २९, मंगलबार

    शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। देउवाको शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। यो सँगै देउवा...

  • २०७८ आषाढ २९, मंगलबार

    प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट छाडेर निजी निवास बालकोट फर्कने तयारीमा रहेका छन् । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ।

  • २०७८ आषाढ २९, मंगलबार

    देउवासँगको छलफलपछि माओवादीले मन्त्रीको टुंगो लगाउने

    नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउने भएको छ । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष प्रचण्डले सरकार गठनका सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको छ । देउवा आजै प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले देउवासँग छलफल गरी सरकारको...

  • २०७८ आषाढ २९, मंगलबार

    देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै

    काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवा पक्षमा फैसला सुनाएसँगै देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रतिनिधिसभाका १४६ जना सांसदले हस्ताक्षरसहित देउवालाई प्रधानमन्‍त्री नियुक्तिका लागि परमादेशको माग...

Pages