STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चैत ९ र १० मा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १, मंगलबार

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले चैत ९ र १० गते बस्ने केन्द्रीय बैठकमा अध्यक्ष केपी शर्माओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । त्यस्तै सोही बैठकमा प्रदेश अध्यक्षले रिपोर्टिङ गर्ने तय भएको गुरुङले जानकारी दिए ।

यसका साथै बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विधि र प्रक्रियालाई पारित गरेको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार मापदण्डका विषयमा भने केन्द्रीय कमिटीले निर्णय गर्ने भएको छ ।

उनका अनुसार वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले त्यसमा आवश्यक निर्णय गर्ने विधि तय गरेको छ । त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने गुरुङले जानकारी दिए ।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुङ्गो केन्द्रले लगाउने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने सुव्वाले जानकारी दिए ।

बैठकले निर्वाचन विाग गठन पनि गरेको छ, भने स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणा पत्र निर्माणलाई अघि बढाउने निर्णय पनि गरेको छ । एमालेको पोलिटब्यूरो चैत ७ गते बस्ने र १३ गते स्थायी कमिटी बैठक बस्ने भएको छ ।

Categorized in राजनीति