STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ श्रावण २९, शुक्रबार

    सर्वोच्चको फैसला : मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु

    सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानुनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्ण पाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदनमाथि उक्त फैसला गरेको हो । जिल्ला सोनभद्र चोपान नगरपालिका– ८ भारत स्थायी घर भई मोरङ विराटनगर...

  • २०७८ श्रावण २८, बिहिबार

    लुम्बिनी प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार हुने

    लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेको छ । ४२ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसामु नयाँ सरकार गठनको दाबी पेस गरेको हो । लुम्बिनीमा विपक्षी गठबन्धनको बहुमत रहेकाले बिहीबार नै नयाँ सरकार बन्ने छ । मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै सोनामले सानो आकारको मन्त्रिपरिषद् विस्तार...

  • २०७८ श्रावण २७, बुधबार

    लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीको आलोपालो मुख्यमन्त्री बन्ने सहमति

    काठमाडौं - लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पद माओवादी र कांग्रेसले आलोपालो गरेर चलाउने सहमति भएकाे छ । माओवादी नेता केसी ८ महिना र कांग्रेसका प्रमुख सचेतक वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री हुने सहमति भएको माओवादीका एक सांसदले बताए। त्यस्तै  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायतको गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न लागेका...

  • २०७८ श्रावण २७, बुधबार

    भदौमा महाधिवेशन गर्न देउवाको प्रस्ताव

    काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशन भदौ महिनामै गर्नुपर्ने बताएका छन् । बुधबार बुढानीलकण्ठमा  बसेको ग्रेसका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले महाधिवेशन भदौमा गर्न उपयुक्त भएको धारणा राखेकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको महाधिवेशन, संवैधानिक संकटलगायतका विषयमा छलफल गर्न सभापति देउवाले शीर्ष...

  • २०७८ श्रावण २७, बुधबार

    चुनौती स्वीकार्दै दिइएको जिम्मेवारी पूरा गर्छु : कुलमान घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने , “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो...

  • २०७८ श्रावण २७, बुधबार

    लुम्बिनी प्रदेश मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

    बुटवल - मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभालाई दिएपछि विशेष अधिवेशन स्थगित भएको हो । पोखरेलले दिउँसो एक बजेर १० मिनेट जाँदा प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार...

  • २०७८ श्रावण २७, बुधबार

    कोरोना खाेप किन्न एडिबीले दियाे १९ अर्ब ५८ करोड ऋण

    काठमाडौँ - एशियाली विकास बैङ्कले नेपाललाई कोरोना विरुद्धको खोप किन्नका लागि १९ अर्ब ५८ करोड सहुलियत पूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा आज नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि एशियाली विकास बैङ्कका देशीय निर्देशक आनो कुस्वाले हस्ताक्षर गरेका छन् । बैङ्कको सो ऋण सहयोग रकम कोभिड विरुद्धको १ करोड ५९ लाख डोज खोप किनेर नेपाल सरकारको राष्ट्रिय...

  • २०७८ श्रावण २७, बुधबार

    एमसीसी विषयमा राष्ट्रिय सहमति होस्

    काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताएका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् । उनले भने ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ’ उनले भने । सभामुख सापकोटाले...

  • २०७८ श्रावण २६, मंगलबार

    पौडेल पक्षले गरे तोकिएको मितिमा महाधिवेशन गर्न माग

    नेपाली कांग्रेसका पौडेल पक्ष जिल्ला सभापतिहरूले तोकिएको मितिमा महाधिवेशन गर्न माग गरेका छन् । काठमाडौंमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरूले १७, १८ र १९ भदौमा तोकिएको महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् । भेलाले क्रियाशील सदस्यहरूको छनोटसम्बन्धी विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा...

  • २०७८ श्रावण २६, मंगलबार

    सरकारले ल्याए आर्थिक श्वेतपत्र : ओली सरकारको पालामा अर्थतन्त्र खस्कियो

    काठमाडौं - सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी समेट्दै स्वेशतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् । अर्थमन्त्री शर्माले संसदमा जारी गरेकाे  स्वेतपत्रमा २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको उल्लेख छ । ‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको...

  • २०७८ श्रावण २६, मंगलबार

    असाधारण जनमतबाट पुनः प्रधानमन्त्री बन्ने ओलीको दाबी

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै ओलीले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री बनेको बताए । उनले आफू काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै फेरि पनि त्यसै गरी प्रधानमन्त्री हुने बताएका हुन् । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि...

  • २०७८ श्रावण २६, मंगलबार

    विद्यार्थी संगठनद्वारा लुम्बिनी क्याम्पसमा तोडफोड

    बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरूले तोडफोड गरेका छन् । मंगलबार बिहानै २०/२२ वटा मोटरसाइकलमा गएका नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले क्याम्पसको प्रशासनिक भवन तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ । उनीहरूले क्याम्पसको प्रवेशद्वारसँगै रहेको पुरानो भवनमा रहेका लेखा शाखा, परीक्षा शाखालगायतका शाखाहरूमा तोडफोड गरेको क्याम्पस प्रमुख डा....

Pages