STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँको मेयरमा गठबन्धनका उम्मेदवार हुँदै सिर्जना सिंह

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ७, बुधबार

काठमाडाैँ -नेपाली काङ्ग्रेसकी सिर्जना सिंह सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकमा काङ्ग्रेस नेताहरूले सिंहलाई काठमाडौँ महानगर प्रमुखको उम्मेदवार उठाउने बताएका हुन् ।

काठमाडौंँ काङ्ग्रेसको राजनीतिमा पकड सिर्जनाका पतिसमेत रहेका का‌ङ्ग्रेस नेता प्रकाशमान सिंहमा छ । प्रथम महिला आरजु देउवा राणाले पनि स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको जिम्मेवारी दिनुपर्छ भन्दै सिर्जनाको पक्षमा लविइङ गरिरहको बालुवाटारमा चर्चा छ ।

आरजुले सार्वजनिक रूपमै महिलालाई अधिकांश स्थानीय तहको नेतृत्वमा जिम्मा दिनुपर्ने अभिव्यक्ति दिनुले पनि सिर्जना सिंहलाई काठमाडौंँ महानगरपालिकाको प्रमुखमा जान दबाब परेको बताइन्छ ।

२०३६ सालदेखि सक्रिय राजनीति सुरु गरेकी सिंह २०३६ सालमा गोरखाको महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । त्यसपछि ०३८ सम्मको अवधिमा सिंह महावौद्ध क्याम्पसमा नेविसङ्घको इकाइ सभापति बनेकी थिइन् ।

सोही वर्ष शङ्करदेव क्याम्पसको स्ववियु निर्वाचनबाट कोषाध्यक्ष बनेकी उनी २०४६ सालपछि खुला राजनीति सुरु भएपछि सिंहले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकी थिइन् ।

Categorized in राजनीति