STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले सचिवालय बैठक बस्दै, चुनावकेन्द्रित छलफल हुने

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ५, सोमबार

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ । साथै केन्द्रीय कार्यालय बैठक पनि बस्ने जनाइएको छ ।

कार्यालय सचिव भिष्म अधिकारीका अनुसार एमाले केन्द्रीय कार्यालय बैठक बिहान ११ बजे थापाथलीस्थित कार्यालयमा बस्दै छ । सचिवालय बैठक भने अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बस्ने छ ।

बैठकमा चुनावी तयारी तथा पार्टीको घोषणा पत्रलगायत विषयमा छलफल हुनेछ । मुख्यगरी स्थानीय तह चुनावलक्षित विषयमा बैठक केन्द्रित रहने जनाइएको छ ।

नेकपा एमालेले वैशाख ९ गत्ते घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । ३० वैशाखमा स्थानीय तहको चुनाव मिति घोषणा भइसकेको छ ।

Categorized in राजनीति