STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुङ्गो आज लगाउने

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १०, शनिबार

काठमाडौं - नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगपालिकाका उम्मेदवारको टुङ्गो आज (शनिबार) लगाउने भएको छ ।

उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो एमालेले बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठकमा स्थानीय निर्वाचनसम्बन्धी आवश्यक निर्णयसमेत लिइने एक नेताले बताए । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेद्वारका बारेमा निर्णय गर्न र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन एमाले केन्द्रीय सचिवालयको बैठक बोलाइएको हो ।

Categorized in राजनीति