STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ भाद्र १५, मंगलबार

    छानबिन समितिले बुझायो दार्चुला तुइन घटनाको प्रतिवेदन

    दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइको छ । मंगलबार साँझ समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् । यसअघि १५ दिनमा तयार पार्नेगरी गठित समितिले म्याद थप गर्दै एक महिनापछि  प्रतिवेदन बुझाएको हो । घटनाको प्रतिवेदनमा के उल्लेख छ भन्ने विषय अहिलेसम्म खुलाइएको छैन । प्रतिवेदनको संक्षिप्त व्यहोरा  सार्वजनिक गर्ने मन्त्रालयको तयारी...

  • २०७८ भाद्र १३, आइतबार

    एमालेले गरेको कारबाही सिफारिस कार्यान्वयन नहुने

    काठमाडौं - नेकपा (एमाले)ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ । निर्वाचन आयोगले यही भदौ ११ गते नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएको सूचना संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिश गरिएकाहरूविरुद्ध कुनै कदम चाल्नुनपर्ने निर्णय सभामुखले गुर्नभएको प्रतिनिधिसभाका सचिव गोपालनाथ...

  • २०७८ भाद्र १३, आइतबार

    कांग्रेसका जिल्ला सभापतिहरुले तोडे अनशन

    काठमाडौं - क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए । सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई...

  • २०७८ भाद्र १३, आइतबार

    'एक्लै लड्ने आँट नभएपछि गठबन्धन बन्यो'

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लड्न नसकेपछि मोर्चाबन्दी...

  • २०७८ भाद्र १२, शनिबार

    लड्न मलाई अगाडि घचेटे, पछाडि हेर्छु त कोही छैन : माधव नेपाल

    काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीविरुद्धको लडाइमा अघि सर्ने दोस्रो पुस्ताका नेताहरुले आफूलाई धोका दिएको आशय व्यक्त गरेका छन् । शनिबार पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई उक्साउनेहरुले धोका दिएको बताए । उनले भने, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि...

  • २०७८ भाद्र ३, बिहिबार

    देशकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबी अनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन्। नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको...

  • २०७८ भाद्र ३, बिहिबार

    निवर्तमान मुख्यमन्त्री पौडेलको र्‍यालीसहित बहिर्गमन

    मकवानपुर  - बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार मुख्यमन्त्री निवास छाडेका छन् । बुधवार मुख्यमन्त्रीबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन् । उनलाई बृहत् मोटरसाइकल र्‍यालीसहित एमाले कार्यकर्ताहरूले उनको निजी निवाससम्म पुर्‍याएका थिए । हेटौँडा–२ स्थित चौकिटोलमा रहेको मुख्यमन्त्री निवासमा डोरमणि पौडेल ४३ महिना बिताएका छन् । ४३ महिना प्रदेश सरकारको नेतृत्व...

  • २०७८ भाद्र ३, बिहिबार

    अफगानिस्तानबाट फर्किए २९६ नेपाली

    तालिबान समूहले अफगानिस्तानमाथि नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ९६ जना नेपाली स्वदेश आइपुगेका छन् । मंगलबार बिहान एक सय १८ जना, राति ८४ जना, बुधबार बिहान ६५ जना र दिउँसो २५ जना, बिहीबार थप आठ जना गरी दुई सय ९६ जना काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर आज जजिरा एअरको कुवेत–काठमाण्डौ नियमित उडानबाट आठ जना नेपाली काठमाडौं आइपुगेको जानकारी दिएको...

  • २०७८ भाद्र २, बुधबार

    बागमती प्रदेश मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य, शपथ बिहीबार

    बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई बिहीबारसम्मका लागि स्थगित भएको छ।  बुधबार नै नियुक्त गरेर शाक्यलाई शपथ खुवाउने तयारी गरिए पनि प्रदेश विष्णुप्रसाद प्रसाईं गृहजिल्ला झापा गएकाले मुख्यमन्त्रीको शपथ एक दिन पर सरेको हो । यसअघि बुधबार नै एमाले बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन भएकी थिइन् । मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा शाक्यलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो...

  • २०७८ भाद्र २, बुधबार

    माधव नेपालकाे नयाँ दलकाे चुनाव चिह्न विवादमा

    एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ता गर्ने क्रममा छनोट गरेको चुनाव चिह्नमाथि विवाद देखिएको छ । नेपाल समूहले निर्वाचन आयोगमा दिएको दर्ता निवेदनमा पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब उल्लेख गरेको छ । तर, सो चुनाव चिह्न आफ्नो दलको नाममा रहेको भन्दै उन्नत लोकतान्त्रिक पार्टीले विरोध गरेको हो ।  सो पार्टीले खुला किताब चिह्न गत १८ साउनमै दर्ता गरिसकेको दाबी गरेको छ ।...

  • २०७८ भाद्र २, बुधबार

    एमाले टुक्रियाे : माधव नेपालले दर्ता गराए एमाले समाजवादी पार्टी

    काठमाडौँ- माधव नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी ‘नेकपा एमाले समाजवादी’  निर्वाचन आयोगमा दर्ता गरेको छ । नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ । नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । एमाले समाजवादीमा संघीय संसदका ३१ सांसद रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । नेपालको नयाँ पार्टीमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे,...

  • २०७८ भाद्र १, मंगलबार

    ओलीले गर्यो नेपालसहित १४ सांसदको पद खारेजीको निर्णय

    नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । पत्र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगेको स्रोतले बताएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । एमाले सचेतक...

Pages