STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थापितलाई २४ घण्टे स्पष्टीकरण

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २०, मंगलबार

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितले चुनाव प्रचारका क्रममा व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसबारे २४ घन्टा भित्र स्पष्ट पार्न स्थापितलाई भनेको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा एक प्रश्नकर्ता युवतीलाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।

त्यसाे त याैन दुर्व्यवहारकाे आराेप खेप्दै आएका स्थापितले मेयरका प्रतिस्पर्धी बालेन शाहप्रति पनि तुच्छ शब्द प्रयाेग गरेकाे भन्दै सामाजिक सञ्चालमा उनकाे कडा आलाेचना हुँदै आएकाे छ । स्थापित मेयरमा उम्मेदवार भएदेखि नै मिटूकाे विषयले उनलाई अप्ठयाराेमा पारेकाे छ।

स्थापित नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेदवार बनेका छन् ।

Categorized in राजनीति