STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ आश्विन ५, मंगलबार

    नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा बनाउने तयारी

    प्रधानमन्त्री शेरबहादुर देउवाले डा‌. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा बनाउने तयारी गरेका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति भएपछि प्रधानमन्त्री देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । खड्कालाई बुधबार मन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी प्रधानमन्त्री देउवाको छ ।  गठबन्धनको बैठकमा प्रधानमन्त्री...

  • २०७८ आश्विन ५, मंगलबार

    टुंगियो सत्ता गठबन्धनको बैठक

    सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक टुंगिएको छ। बालुवाटारमा बसेको बैठक डेढ घण्टाको छलफलपछि सकिएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको बताइएको छ। बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थित थिए। यस्तै  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष...

  • २०७८ आश्विन ५, मंगलबार

    सङ्गठन विस्तार अभियानमा एकीकृत समाजवादी

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगर/गाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो । सोहीअनुरुप सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपु नगरपालिका–१ बालुवापाटी देउपुरमा वडा कमिटी निर्माणसँगै जनवर्गीय सङ्गठन,...

  • २०७८ आश्विन ५, मंगलबार

    राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

    राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ ।  मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो । अब मन्त्रालयगत छलफलका लागि २०७८ असोज ७ का लागि बैठक बोलाइएको छ । एमाले...

  • २०७८ आश्विन ४, सोमबार

    विनियोजन विधेयक बहुमतले पारित

    अर्थमन्त्री जनार्दन शर्माले २६ भदौमा संसदमा पेस गरेको विनियोजन विधेयक पास भएको छ । योसँगै ३० भदौदेखि खर्चबिहीन भएको सरकारले प्रतिस्थापन विधेयकअनुसार खर्च गर्ने अधिकार पाएको छ । प्रमुख प्रतिपक्ष दलको एमालेको अवरोधकाबीच सोमबारको संसद बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । २५ भदौमा १५ जेठमा ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले संसदमा १६ खर्ब ३२ अर्बको बजेट पेस गरेका थिए ।...

  • २०७८ आश्विन ३, आइतबार

    राष्ट्रपतिबाट मानपदवी र अलङ्कारबाट विभिन्न व्यक्तित्व विभूषित

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । उहाँले २०४७ सालको संविधान जारी गर्नुको साथै निर्वाचनसमेत गराउनुभएको थियो । नेपालको लोकतान्त्रिक...

  • २०७८ भाद्र ३१, बिहिबार

    इन्टरनेट शुल्क मासिक ३०० रुपैयाँसम्म बढ्ने

    काठमाडाैँ - इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)ले इन्टरनेटको शुल्क बढाउने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले बढाएको पोल भाडा पुनरावलोकन गर्न नमानेपछि आइस्पानले इन्टरनेटको शुल्क बढाउने भएको हो । विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायक बीच पोलभाडा विवाद विगत तीन बर्षदेखि हुँदै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री पोलभाडा विवादमा पछि नहट्ने बताएपनि एक्कासी...

  • २०७८ भाद्र ३१, बिहिबार

    एकीकृत समाजवादीको केन्द्रीय कार्यालय भाेलि उद्घाटन हुँदै

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ । मासिक ३ लाख २५ हजार रुपैयाँ (करसहित) भाडा तिर्ने गरी मिनभवन आलोकनगरमा कार्यालय रहने भएको अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । केन्द्रीय कार्यालयको उद्घाटन शुक्रबार बिहान १० बजे हुने भएकाे छ। उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् । काठमाडौं महानगरपालिका ३१ मा...

  • २०७८ भाद्र ३०, बुधबार

    संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउनसक्छ : प्रचण्ड

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए । राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै प्रचण्डले भने, ‘तर जरुरी पर्‍यो...

  • २०७८ भाद्र २९, मंगलबार

    एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ मा

    नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आगामी असोज ५ गते काठमाडौंमा बस्ने भएको छ । पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो । बैठक आज बस्ने भनिए पनि केही गृहकार्य नपुगेको भन्दै केही दिन पछि सारिएको हो । नेकपा (एमाले) बाट...

  • २०७८ भाद्र २८, सोमबार

    सभामुखले बोलाए सर्वदलीय बैठक

    सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।  आज दिउँसो साढे २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सर्वदलीय बैठक बस्ने छ ।  बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।  छलफलमा प्रधानमन्त्री एवं...

  • २०७८ भाद्र २८, सोमबार

    अध्यादेश खारेजपछि सरकार विस्तार गर्न यादवको आग्रह

    काठमाडौं - सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेका छन्। आइतबार सम्पन्न गठबन्धनको बैठकमा यादवले प्रधानमन्त्रीसमक्ष उक्त आग्रह गरेका हुन्। पार्टीभित्रका विविध आन्तरिक कुरा मिलाउनु पर्ने भएकाले पहिले अध्यादेश खारेज गरेरमात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेको उनले बताए...

Pages