STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा एमालेकाे घरदैलो कार्यक्रम

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २४, शनिबार

स्थानीय चुनाव आउन अब ६ दिन मात्रै बाँकी छ । उम्मेदवारहरू मत माग्न घरदैलाे गरिरहेका छन् । काठमाडाैंमा नेकपा एमालेका उम्मेदवारहरूले पनि यतिबेला मत माग्न घरदैलाे गरिरहेका छन् ।

एमालेबाट महानगरकाे मेयर पदका उम्मेदवार केशव स्थापित र उपमेयरका उम्मेदवार सुनिता डंगाेल आज बसन्तपुर क्षेत्रमा मत माग्न घरदैलाे गरिरहेका छन् । उनीहरूकाे प्रचारमा महिलाहरूकाे सहभागिता उल्लेख्य देखिएकाे छ ।



'मिटू' आराेप लागेका स्थापितलाई एमालेले मेयरकाे उम्मेदवार बनाएकाे विषयलाई सत्ता गठबन्धनले चुनावी हतियार बनाएका बेला एमालेले घरदैलाे अभियानमा महिला सहभागी बढाएकाे हाे । घरदैलाेमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल पनि सहभागी छन् ।

काठमाडाैंमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले सिर्जना सिंहलाई मेयर पदकाे उम्मेदवार बनाएकाे छ भने उपमेयरमा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

Categorized in राजनीति