STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिबाट जेठ ३ गतेका लागि संसदकाे दुवै अधिवेशन आह्वान

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २६, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।

जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो । स्थानीय निर्वाचन २०७९ का कारण बजेट प्रभावित हुन पुगेको छ । आर्थिक वर्ष २०७९-८० को संघीय बजेटका लागि वैशाख २० गते भित्र प्री–बजेट, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्का दुवै सदनमा पेश गर्ने कार्य तालिका रहेको थियो ।

तर निर्वाचनकै कारण राजनीतिक पार्टीहरू चुनाव केन्द्रित प्रचारप्रसार तथा आमसभा जस्ता गतिविधिमा व्यस्त हुँदा प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनको बैठक बस्न ढिला भएको हो । आगामी जेठ ३ गतेलाई प्री–बजेट छलफलका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै सदनको अधिवेशन बोलाएको छ ।

यसै अधिवेशनमा अर्थमन्त्री जनार्दन शर्माले बजेटको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता पेश गर्ने र सभामा छलफल हुने बताइएको छ । तर, तोकिएको समय सीमा भन्दा ढिला गरी बस्ने प्री–बजेट छलफलले यसपछिको बजेटको कार्यतालिका समेत प्रभावित हुने भएका छन ।

Categorized in राजनीति