STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ श्रावण १३, बुधबार

    देउवालाई चिनियाँ प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दे‍उवालाई खछ्याङले बधाई सन्देश पठाएकोबारे जानकारी दिएको हो । चिनियाँ प्रधानमन्त्री खछ्याङले बधाई सन्देशमा देउवाको कार्यकालमा नेपाल र चीनको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे‍का छन् । दुई देशको सम्बन्ध थप सुदृढ बनाउन नेपालको...

  • २०७८ श्रावण १२, मंगलबार

    राष्ट्रिय योजना आयोगमा अर्थविद् पौडेल नियुक्त

    काठमाडौँ - सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

  • २०७८ श्रावण १२, मंगलबार

    गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस

    काठमाडौं - सरकारले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह...

  • २०७८ श्रावण १२, मंगलबार

    संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धी अभिव्यक्तिप्रति आदिवासी जनजाति महासंघ घोर निन्दा

    नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव संविधान विरोधी रहेको बताएको छ। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सोमबार संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको व्यक्तिगत प्रस्ताव सार्वजनिक गरेका थिए। उक्त प्रस्ताव संविधान विरोधी रहेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति निकारेर उल्लेख गरेका छन्।...

  • २०७८ श्रावण १२, मंगलबार

    देउवा निवासमा पार्टीको पदाधिकारी बैठक बस्दै

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानिलकण्ठस्थित आफ्नो निजी निवासमा बस्ने गरी पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । आज बिहान बस्ने गरी बैठक बोलाइएको छ । सानेपास्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र अनसन दिइरहेकाले देउवाले बूढानिलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको महाधिवेशन एवं मन्त्रिपरिषद्...

  • २०७८ श्रावण १२, मंगलबार

    मिश्रको प्रस्तावप्रति बाबुराम भट्टराईको प्रतिक्रिया- झिंगाको सरापले डिँगो मर्दैन

    विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानका उपलब्धि उल्टाउने प्रस्ताव अघि सारेपछि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले झिंगाको सरापले डिँगो नमर्ने प्रतिक्रिया दिएका छन् । मिश्रले बहस र छलफलका नाममा दस्तावेज सार्वजनिक गर्दै स्थानीय तहलाई सुदृढ गर्दै संघीयता खारेजीको प्रस्‍ताव अघि सारेका छन् । उनले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे...

  • २०७८ श्रावण ११, सोमबार

    उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

    जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ। यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो। जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो । आयोगले ५१ सदस्यीय...

  • २०७८ श्रावण ११, सोमबार

    जसपा आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)आधिकारिकता विवादमा सनाखत गर्न जेलबाट सीधै निर्वाचन आयोगमा पुगेका रेशमलाल चौधरी दुवै पक्षमा सनाखत नगरी तटस्थ बसेका छन् । आयोगमा  उनले आफू दुवै पक्षमा नलागेको बताए । ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले निर्वाचन कार्यालयबाहिर पत्रकारहरुसँग भने । जसपाको आधिकारिकता विवाद निरुपणका लागि...

  • २०७८ श्रावण १०, आइतबार

    भीम रावल नेपाल समूहको बैठकमा, राजिनामा फिर्ताको घोषणा

    एमाले उपाध्यक्ष भीम रावल वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । आइतबार शंखमुलमा बसिरहेको नेपाल समूहको स्थायी कमिटी बैठकमा रावल सहभागी भएका हुन् । यसअघि गत बिहीबार स्थायी कमिटी बैठकमा निमन्त्रणा पुगे पनि उनी सहभागी भएका थिएनन् । नेता रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रहका लागि गत बिहीबार नै नेपाल टोखास्थित रावल निवास पुगेका थिए । निवासमा पुगेर...

  • २०७८ श्रावण १०, आइतबार

    निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । कञ्चनपुरकी १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाज्ञ बोलाएर उनले यस घटनामा भएको अनुसन्धानबारे जानकारी लिएका छन् । ‘चाँडो भन्दा चाँडो दोषी पत्ता लगाएर...

  • २०७८ श्रावण १०, आइतबार

    उमेश श्रेष्ठ नयाँ स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं  - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । श्रेष्ठलाई प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।

  • २०७८ श्रावण १०, आइतबार

    प्रचण्डको अभिव्यक्ति ‘हास्यास्पद र मनगढन्ते’ : भीम रावल

    काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध्यक्ष ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा नेता रावलको राजीनामा ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भन्दै टिप्पणी गरेका थिए । रावलले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको...

Pages