STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २१, सोमबार

काठमाडौं - सत्ता गठबन्धनमा आबद्ध दलहरुले चितवनको भरतपुर महानगरपालिका सहित सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । आज (सोमबार) बसेको गठबन्धनकाे जिल्लास्तरीय बैठकले चितवनका सातवटै स्थानीय तहमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा चुनावी तालमेल गर्ने सहमति गरेका हुन् । यसका लागि थप छलफल गर्ने बताइएको छ ।

भरतपुर महानगरमा हाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल मेयर छिन् । आगामी चुनावमा पनि उक्त महानगरपालिकामा पुनः माओवादीले नै मेयरमा दाबी गरेको छ ।

यसरी चुनावी तालमेलमा जाँदा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने उल्लिखित दलहरुद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । गठबन्धन सहभागी दलहरूबीच गठबन्धनको मर्म र भावनाअनुरुप एक आपसमा सम्मान र हार्दिकताको भावना विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरिएको जनाइएको छ ।

Categorized in राजनीति