STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाली कांग्रेसको घोषणापत्र परिमार्जनसहित पारित

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १, बिहिबार

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले पार्टीको स्थानीय तह चुनावको घोषणापत्र परिमार्जनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरूको सुझावलाई समेत समावेश गरेर घोषणात्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो ।

पार्टी महामन्त्री तथा घोषणापत्र तयारी समितिका संयोजक गगनकुमार थापाले बैठकमा पेस गरेको मस्यौदामा केन्द्रीय सदस्यहरूको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यसैगरी बैठकले संघीय संसदको समानुपातिक उम्मेदवारको बन्द सूचिमा नाम रहेकाहरूलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्य समितिलाई अनुमति पनि दिएको छ । बन्द सूचीमा नाम रहेकाहरू स्थानीय चुनाव लड्न नपाउने भएकाले उनीहरूको नाम हटाउन लागिएको हो ।  

बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका बारेमा भएको सहमतिबारे पनि जानकारी गराइएको पार्टीका प्रवक्ता महतले बताए ।

Categorized in राजनीति