STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ श्रावण ९, शनिबार

    सरकार सञ्चालनमा सहयोग गर्ने पाँच दलका शीर्ष नेताबीच सहमति

    काठमाडौं - पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा आज साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष...

  • २०७८ श्रावण ९, शनिबार

    युथ फोर्स र अखिल फोर्स गठन आपत्तिजनक : योगेश भट्टराई

    नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका छन्। पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गरेका हुन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?,’ उनले...

  • २०७८ श्रावण ९, शनिबार

    काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन

    काठमाडौं - नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा भएको छ । उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा भएको घोषणा कार्यक्रममा सपथ पनि गराइएको थियो । शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ । माइतीघरदेखि नयाँ...

  • २०७८ श्रावण ८, शुक्रबार

    गण्डकी प्रदेशमा ६ जना नयाँ मन्त्री नियुक्त

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। आज मन्त्रिपरिषद बिस्तार गर्दै उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट थप मन्त्री बनाएका छन्। कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्...

  • २०७८ श्रावण ८, शुक्रबार

    राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न ओली शुक्रबार बिहान ११ बजेतिर शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र ओलीबीच करिब ४५ मिनेट कुराकानी भएको शीतल निवास स्रोतले जानकारी दियो। राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।दुवै जनाबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलेको छैन...

  • २०७८ श्रावण ८, शुक्रबार

    सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताएका हुन् । देउवाले प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५–७ महिना मात्र रहने भन्दै यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए । उनले अघि भने, ‘हामी ऋण...

  • २०७८ श्रावण ८, शुक्रबार

    बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी छ। बैठकमा महाधिवेशनको तयारी, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ।  बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने पार्टी प्रवक्ता...

  • २०७८ श्रावण ६, बुधबार

    सहमति कार्यान्वयनमा सघाउन प्रधानमन्त्रीलाई विप्लवको आग्रह

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । भेटमा विप्लवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आफूहरूले गरेका सहमति कार्यान्वयनमा सघाउन आग्रह गरेको जनाइएको छ। केहि नेतासहित बुधबार दिउँसो बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न...

  • २०७८ श्रावण ६, बुधबार

    गठबन्धन पार्टीहरूलाई साझा कार्यक्रम तय गर्न माओवादीको आह्वान

    काठमाडौं - नेकपा माओवादी केन्द्रले गठबन्धनका राजनीतिक पार्टीहरूका बीचमा न्यूनतम साझा कार्यक्रम छिटो भन्दा छिटो तय गर्न आह्वान गरेको छ । माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिबद्धता तय गर्न आह्वान गरेको हो । बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको...

  • २०७८ श्रावण ६, बुधबार

    नेपालसहित २२ सांसदलाई स्पष्टीकरण : अपराधपूर्ण कार्य किन गर्नुभयो ?

    काठमाडौं - नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ । स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई...

  • २०७८ श्रावण ६, बुधबार

    माओवादीको स्थायी कमिटी बैठक सुरु

    काठमाडौं - नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको  छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। बैठकमा सरकारमा पठाउने  मन्त्रीको टुंगो लगाइने जनाइएको छ। सत्ता गठबन्धनका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप जारी राखेका छन्।  सोही विषयमा मंगलबार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए। प्रधानमन्त्री देउवा...

  • २०७८ श्रावण ६, बुधबार

    माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी

    नेकपा (एमाले) को माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी छ । केहीबेर अघि सुरु भएको बैठकमा आगामी कदमबारे छलफल हुने बताइएको छ । सोमबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि पहिलोपटक माधव पक्षका स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका हुन् । मंगलबार साँझ नेपाल पक्षका सांसदहरूको बैठक...

Pages