STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने सत्ता गठबन्धनको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १७, बिहिबार

काठमाडाैँ - सत्ता गठबन्धनको बैठकले आसन्न स्थानीय  तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह निकायको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

यसका लागि प्रदेश, जिल्ला र नगर, गाउँपालिका स्तरमा सबै दलकाे समिति गठन हुने र त्यस संयन्त्रले केन्द्रलाई  रिपाेर्ट गर्ने र पछि संयन्त्र बसेल छलफल गर्ने उनले बताए ।

यता, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको बताए । ‘निर्वाचनमा एकताबद्ध पाँच दलबीच मात्रै गर्ने, अरू दलसँग नगर्ने निर्णय भएको छ,’ उनले भने ।

त्यस्तै, निर्वाचन तालमेल गर्दा महानगर र उपमहानगरको उम्मेदवारबारे केन्द्रबाटै गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाट गर्ने, तर तल्ला निकायहरूको सन्दर्भमा तलकै निकायबाट तालमेल गर्ने निर्णय भएको छ,’ उनले भने, 'त्यसको लागि पाँचै दलले एउटा परिपत्र जारी गर्ने भएको छ ।’

पाँचै दललाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि परिपत्र जारी गर्ने सहमति भएको उनले बताए ।

Categorized in राजनीति