STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेस बैठकमा नेताहरू दिए चुनावी तालमेलको सुझाव

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १४, सोमबार

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा स्थानीय तह चुनावको तयारी, दलहरुबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा छलफल गर्दै आएको छ।

बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएकाले यसबारे मापदण्ड बनाउने तयारी भएको छ । पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ ।

२०७४ सालको स्थानीय तह चुनावमा ७५३ स्थानीय तहमध्ये कांग्रेसले २ सय ५३ तहमा जितेको थियो । विमलेन्द्र निधि,शेखर कोइराला लगायतका नेताहरुले भने कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् ।

काँग्रेसले वैशाख ३० गतेको स्थानीय चुनाव लक्षित ‘घर–घर जाऊ, काँग्रेस जिताऔं’ अभियान चलाएको छ । घोषणापत्र तयारीका लागि महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

Categorized in राजनीति