STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १६, बुधबार

काठमाडौँ - आउँदो २२ गतेका लागि निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको आचारसंहिताबारे छलफल गरी सुझाव सङ्कलन गर्न सर्वदलीय बैठक बोलाइएको हो ।  

आयोगले चैत २५ देखि निर्वाचनआचारसंहिता लागू गर्ने तयारी गरेको जनाइएको छ । त्यसअघि दलहरूसँग छलफल गरी आचारसंहिता प्रभावकारी बनाउन छलफल गर्न लागिएको आयोग स्रोतले जनाएको छ ।

आयोगले यसअघि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

Categorized in राजनीति