STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देउवा-माेदीबीच सीमा समस्याबारे छलफल, सोलु करिडोर उद्घाटन

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १९, शनिबार

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् ।

दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई देशबीचमा भएको सीमा मुद्दाका विषयमा छलफल गरेका छौ,’ उनले भने, ‘यो विषयमा मोदीजीले द्वीपक्षीय संयन्त्र स्थापित गरेर छलफल गर्नेबारे हामी सहमत भएका छौँ ।’

यद्यपि सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री मोदीले भने मुख खोलेनन् ।

यस्तै प्रधानमन्त्री देउवाले दुइदेशबीचको सम्बन्ध सदीयौं पुरानो रहेकाले यसलाई अझैं सुदृढ बनाउनुपर्नेमा दुवै समकक्षी सहमत भएको बताए । यसबाहेक आपसी सम्बन्ध, दुई देशको विकास, व्यापार गायतका विषयमा गहन छलफल भएको उनले बताए । भूकम्प र कोरोना महामारीका बेला भारतले गरेको सहयोगका लागि प्रधानमन्त्री देउवाले प्रशंसा गरे ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धको मिसाल विश्वमै नरहेको बताए ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका छन् ।

भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

यसअघि दुई देशका प्रधानमन्त्रीले नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

 

Categorized in राजनीति