STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ भाद्र १६, बुधबार

    आज मन्त्रिपरिषद्को बैठक बस्दै

    आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न ४ बजे बस्नेगरी बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने खाँणले जानकारी दिए । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिनाभन्दा बढी भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न सक्रियता बढाइरहेका छन् । अहिले...

  • २०७८ भाद्र १५, मंगलबार

    दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना

    काठमाडौँ- दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको...

  • २०७८ भाद्र १५, मंगलबार

    बागमती प्रदेश मुख्यमन्त्री १४ दिनमै अल्पमतमा

    काठमाडौं  - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् । २ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् । एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ...

  • २०७८ भाद्र १५, मंगलबार

    छानबिन समितिले बुझायो दार्चुला तुइन घटनाको प्रतिवेदन

    दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइको छ । मंगलबार साँझ समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् । यसअघि १५ दिनमा तयार पार्नेगरी गठित समितिले म्याद थप गर्दै एक महिनापछि  प्रतिवेदन बुझाएको हो । घटनाको प्रतिवेदनमा के उल्लेख छ भन्ने विषय अहिलेसम्म खुलाइएको छैन । प्रतिवेदनको संक्षिप्त व्यहोरा  सार्वजनिक गर्ने मन्त्रालयको तयारी...

  • २०७८ भाद्र १३, आइतबार

    एमालेले गरेको कारबाही सिफारिस कार्यान्वयन नहुने

    काठमाडौं - नेकपा (एमाले)ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ । निर्वाचन आयोगले यही भदौ ११ गते नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएको सूचना संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिश गरिएकाहरूविरुद्ध कुनै कदम चाल्नुनपर्ने निर्णय सभामुखले गुर्नभएको प्रतिनिधिसभाका सचिव गोपालनाथ...

  • २०७८ भाद्र १३, आइतबार

    कांग्रेसका जिल्ला सभापतिहरुले तोडे अनशन

    काठमाडौं - क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए । सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई...

  • २०७८ भाद्र १३, आइतबार

    'एक्लै लड्ने आँट नभएपछि गठबन्धन बन्यो'

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लड्न नसकेपछि मोर्चाबन्दी...

  • २०७८ भाद्र १२, शनिबार

    लड्न मलाई अगाडि घचेटे, पछाडि हेर्छु त कोही छैन : माधव नेपाल

    काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीविरुद्धको लडाइमा अघि सर्ने दोस्रो पुस्ताका नेताहरुले आफूलाई धोका दिएको आशय व्यक्त गरेका छन् । शनिबार पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई उक्साउनेहरुले धोका दिएको बताए । उनले भने, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि...

  • २०७८ भाद्र ३, बिहिबार

    देशकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबी अनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन्। नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको...

  • २०७८ भाद्र ३, बिहिबार

    निवर्तमान मुख्यमन्त्री पौडेलको र्‍यालीसहित बहिर्गमन

    मकवानपुर  - बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार मुख्यमन्त्री निवास छाडेका छन् । बुधवार मुख्यमन्त्रीबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन् । उनलाई बृहत् मोटरसाइकल र्‍यालीसहित एमाले कार्यकर्ताहरूले उनको निजी निवाससम्म पुर्‍याएका थिए । हेटौँडा–२ स्थित चौकिटोलमा रहेको मुख्यमन्त्री निवासमा डोरमणि पौडेल ४३ महिना बिताएका छन् । ४३ महिना प्रदेश सरकारको नेतृत्व...

  • २०७८ भाद्र ३, बिहिबार

    अफगानिस्तानबाट फर्किए २९६ नेपाली

    तालिबान समूहले अफगानिस्तानमाथि नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ९६ जना नेपाली स्वदेश आइपुगेका छन् । मंगलबार बिहान एक सय १८ जना, राति ८४ जना, बुधबार बिहान ६५ जना र दिउँसो २५ जना, बिहीबार थप आठ जना गरी दुई सय ९६ जना काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर आज जजिरा एअरको कुवेत–काठमाण्डौ नियमित उडानबाट आठ जना नेपाली काठमाडौं आइपुगेको जानकारी दिएको...

  • २०७८ भाद्र २, बुधबार

    बागमती प्रदेश मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य, शपथ बिहीबार

    बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई बिहीबारसम्मका लागि स्थगित भएको छ।  बुधबार नै नियुक्त गरेर शाक्यलाई शपथ खुवाउने तयारी गरिए पनि प्रदेश विष्णुप्रसाद प्रसाईं गृहजिल्ला झापा गएकाले मुख्यमन्त्रीको शपथ एक दिन पर सरेको हो । यसअघि बुधबार नै एमाले बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन भएकी थिइन् । मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा शाक्यलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो...

Pages