STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमालेले टुंग्यायो ५ महानगरपालिका र ९ उप–महानगरपालिकाका उम्मेदवार

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १०, शनिबार

काठमाडौं - नेकपा (एमाले)ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ५ महानगरपालिका र ९ उप–महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । शनिबार (आज) बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ, भने उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाएको छ ।

यता, पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको जानकारी गराइएको छ । त्यस्तै भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी र वीरगञ्ज महानगरको मेयरमा विजय सारवगीलाई उम्मेदवार बनाइएको छ ।

तर, उक्त दुवै महानगरको उममेयरको उम्मेदवार भने तोकिएको छैन । यसैबीच विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी नै रहेको छ । यसैबीच एमालेले ९ वटा उपमहानगरको पनि उम्मेदवार टुङ्गो लगाएको छ ।

नेपालगञ्ज उपमहानगरको प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्तिदेवी ढकाललाई उम्मेदवार बनाइएको छ । त्यस्तै तुलसीपुर उपमहानगरको प्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीलाई उम्मेदवार बनाइएको छ ।

यता घोराही उपमहानगरको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुख हुमा कुमारी डिसीलाई उम्मेखवार बनाइएको छ, भने बुटवल उपमहानगरको प्रमुखमा बाबुराम खड्का र उपप्रमुखमा सावित्रादेवी अर्याललाई उम्मेदवारब बनाइएको छ ।

त्यस्तै बैठकले धनगढी उपमहानगरको प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना थारु तथा हेटौंडा उपमहानगरको प्रमुखमा अनन्त पौडेल, उपप्रमुखमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाइएको छ ।

यता धरान उपमहानगरको प्रमुखमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाइएको छ, भने इटहरी उपमहानगरको प्रमुखमा यमकुमार सुब्बा र उपमेयरमा संगिता चौधरी तथा कलैया उपमहानगरको प्रमुखमा विनोद साहलाई उम्मेदवार बनाइएको छ ।

कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी रहेको छ । त्यस्तै जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार नै तोकिएको छैन ।

Categorized in राजनीति