STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपति र डब्ल्युएचओका महानिर्देशकबीच शिष्टाचार भेट

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १०, शनिबार


काठमाडौं -  विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँगशिष्टाचार भेटवार्ता गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच शुक्रबार भेटवार्ता भएको हाे ।

 राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गरिन्  ।

महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । त्यस अवसरमा महानिर्देशक डा. टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानका बारेमा जानकारी गराएका थिए ।  महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए।

उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

Categorized in राजनीति