STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दलहरूसँग चुनावी तालमेल गर्ने कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १५, मंगलबार

काठमाडौँ - सत्तारूढ दल नेपाली काङ्ग्रेसले स्थानीय परिस्थति र आवश्यकताअनुसार गठबन्धन गरेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

शुक्रबार सुरु भएर आज (मङ्गलबार) सम्पन्न भएको केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारूढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनमा बहुसङ्ख्यक स्थानमा काङ्ग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको बताउँदै उनले जुन–जुन स्थानीय तहमा तालमेल हुने हो त्यहाँ आवश्यक संयन्त्र बन्ने बताए ।

यीबाहेक काङ्ग्रेस केन्द्रीय समिति बैठकले गरेका निर्णय यस्ता छन् :

१. नेपाली काङ्ग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २४ (२) बमोजिम २०७८ फाल्गुण ३ गते सम्पन्न नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरू अनुमोदन गरिन्छ ।      

२.  नेपाली काङ्ग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली काङ्ग्रेसको सदस्यता र नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने ।

३. उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्नु हुने छ ।

४. केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्नु हुने छ ।

५. संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली काङ्ग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धीको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवम् काङ्ग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भूमिका, नेपालको वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भूमिका, संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा नेपाली काङ्ग्रेसले नेतृत्व गरेको स्थानीय तहमा निर्वाह गरेको जिम्मेवार, जनमुखी र प्रभावकारी भुमिकाका कारण नेपाली काँग्रेस आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रव्यापी रूपमा बहुसङ्ख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको छ । यसैक्रममा पार्टीले सञ्चालन गरेको स्थानीय तह निर्वाचन केन्द्रीत ‘घर–घर जाऔं, काङ्ग्रेस जिताऔं’ अभियानले नेपाली काङ्ग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजवुत बनाउँदै लगेको छ । यो परिस्थितिमा अझै थप उत्साह साथ निर्वाचन अभियानमा जुट्न नेपाली काङ्ग्रेस सम्पूर्ण पार्टी पङ्क्तिलाई हार्दिक अपिल गर्दछ ।

६.  स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली काङ्ग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अघि बढाइने छ ।

७.  नेपाली काङ्ग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ६९ तथा नेपाली काङ्ग्रेसको नियमावली २०७६ को नियम २३(५) बमोजिम प्रदेशसभाका सदस्य एवम् प्रदेश मन्त्री परिषद्का सदस्यले सम्बन्धित प्रदेशसभा संसदीय दल मार्फत् आफूले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम नियम २३(६)(क) बमोजिम केन्द्रमा बुझाउनुपर्ने व्यवस्था रहेकामा, २०७९ वैशाख १ गतेदेखि उक्त रकम प्रदेश सभा संसदीय दलले पार्टीको सम्बन्धित प्रदेश कार्यसमितिको खातामा जम्मा हुने गरी पठाउने छ । २०७८ चैत्र मसान्तसम्मको केन्द्रमा पठाउन बाँकी रहेको त्यस्तो रकम सम्बन्धित प्रदेशसभा संसदीय दललाई यही चैत्र मसान्तभित्र अनिवार्य केन्द्रमा पठाउन निर्देशन गर्ने ।

८. नेपाली काङ्ग्रेसको नियमावली २०७६ को नियम ५(४)(२) र (३) बमोजिम प्रत्येक नयाँ क्रियाशील सदस्यले क्रियाशील सदस्यता शुल्कवापत् बुझाउनुपर्ने रकम रु. ३०० (तीन सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. ४० (चालीस) र प्रत्येक क्रियाशील सदस्यले क्रियाशील सदस्यता नविकरण वापत बुझाउनुपर्ने नवीकरण शुल्क रु. २०० (दुई सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. १० (दश) को दरले पार्टीको चौधौं महाधिवेशनमा प्रदेश कार्यसमितिको क्षेत्रभित्र कायम रहेका नयाँ क्रियाशील सदस्य र नवीकरण गरेका क्रियाशील सदस्यको सङ्ख्याबमोजिम हुने नयाँ सदस्यता शुल्क र नवीकरण शुल्कवापत्को जम्मा रकम सम्बन्धित प्रदेश कार्यसमितिलाई केन्द्रबाट पठाउने ।

Categorized in राजनीति