relans
ni new 83
nib 2082 5

पेट्रोलियम व्यवसायीहरुको आन्दोलन फिर्ता, आइतबारदेखि डीपो खुल्ने

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १९, शनिबार

काठमाडौं - चार बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ। नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रमहरु स्थगित भएको हो। भोलि (आइतबार) विहान ८ बजेदेखि सम्पूर्ण डीपोहरु सञ्चालनमा आउने सहमति पत्रमा उल्लेख छ।

'पेट्रोलियम विक्रेता कमिशनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो,' सहमति पत्रमा भनिएको छ, 'पेट्रोलियम पदार्थका उभोक्ताहरुलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डीपो आइतबार विहान ८ बजेबाट सञ्चाल गरिने छ।'

त्यस्तै गर्मीयाम सुरु भएकाले अत्यन्त प्रज्वलनशील पेट्रोलियम पदार्थ अनावश्यक सिञ्चित नगर्न अनुरोधसमेत गरिएको छ।

Categorized in राजनीति
ppp 2