STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २१, सोमबार

काठमाडौं - तीन दिनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । उनी अघि साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

गत शुक्रबार ५० सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँदिल्ली गएका देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेका थिए ।

भ्रमणमा विभिन्न चार सम्झौतामा हस्ताक्षर भएको छ । देउवा र मोदीले केही आयोजनाको संयुक्त रूपमा उद्घाटन पनि गरेका छन् । 

नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाईमा लैजान प्रधानमन्त्रीको भ्रमण सकारात्मक रहेको परराष्ट्रमन्त्री नारायण खड्काले दाबी गरे ।

नेपाल–भारतबीच सीमा समस्यामा समेत छलफल भएको छ । पञ्जेश्वर परियोजनासमेत छलफलको विषय बनेको छ । 

भ्रमण टोलीमा पत्नी आरजु राणा; स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्का, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव; ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, नौ सचिव, उद्योगी, व्यवसायी, सञ्चारकर्मी थिए । 

Categorized in राजनीति