STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थापित र बालेनले अंकमाल गरी एक अर्कालाई दिए शुभकामना

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २५, आइतबार

काठमाडौं महानगरमा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहले अंकमाल गरेर एकअर्कालाई जितको शुभकामना दिएका छन् ।

सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरूबीच आइतबार बिहान जम्काभेट भएको हो ।

भेटपछि दुवैले अंकमाल गरेर एकअर्कालाई जितको शुभकामना दिएका हुन् । एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल पनि सँगै थिइन् ।

Categorized in राजनीति