STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

केशव स्थापितलाई मिति सकिएको औषधि : बाबुराम भट्टराई

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २२, बिहिबार

काठमाडौं - पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरमा सिर्जना सिंहले जित्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिर्जना सिंहको प्रतिष्पर्धीको रुपमा रहेका नेकपा (एमाले)का नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिए ।

अध्यक्ष भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा निर्विकल्प सिर्जना सिंह विजयी हुनबताए । उनले अबको जित सुनिश्चित भइसकेकोले काठमाडौंलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए ।

अध्यक्ष भट्टराईले भने, ‘जीतमा म त्यति समस्या देख्दिन । उहाँको प्रतिपक्षी उम्मेदवार जो हुनुहुन्छ, मैले टिप्पणी गर्नु उपर्युक्त हुँदैन । उहाँ बारेमा पनि मलाई अलिकति भ्रम थियो । म प्रधानमन्त्री छँदा उहाँले पहिला राम्रै काम गर्नुभएको भनेर काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख पनि बनाएँ । तर उहाँ डेट स्पाएर भएको औषधि जुन काम नलाग्ने हुन्छ, जो प्रत्युत्पादक हुन्छ, उहाँ त डेट स्पाएर भएको मान्छे हुनुहुँदो रहेछ । मैले बीचमा नै उहाँलाई निकाल्नुपर्‌यो ।’

त्यस्तै अध्यक्ष भट्टराईले आफू पनि काठमाडौं महानगरको मेयरमा उठ्न चाहेको बताए । उनले यसअघि मेयरमा उठ्छु भन्दा कतिपयले ठट्टा गरेको बताए । उनले राजधानीको मेयर बन्नु कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिपछिको महत्वपूर्ण पद भएको बताए ।

अध्यक्ष भट्टराईले भने, ‘राजधानी शहरको मेयर भनेको अहिले पनि अन्यत्र विश्वमा पनि प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपतिपछिको दोस्रो सबैभन्दा ठूलो महत्वपूण पद हो । मैले भनेको थिएँ । धेरै मान्छेले ठट्टा पनि गरे । म अब एक पटक मेयर हुन्छु भनेँ मैले साँच्चै भनेको हो । त्यसरी मात्रै व्यवहारतया मान्छेले काम देखाउन सक्छ । तर संयोगले सिर्जनाजीले यो अवसर पाउनुभएको छ । यसलाई ध्यानमा राखेर काठमाडौं महानगरलाई देशको मोडल शहरीकरण नमूना उहाँले पेस गर्न सक्नुभयो भने देशभर भएको अव्यवस्थित शहरीकरण त्यसले एउटा आकार लिनेछ ।’

Categorized in राजनीति