STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १८, आइतबार

काठमाडौं - नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंह बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।  

आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि आइतबार सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी अधिकारी हुन् । आईजीपीको प्रतिस्पर्धामा एआईजीत्रय विश्वराज पोखरेल, सहकुल थापा, रवीन्द्र धानुक पनि थिए । तर, सरकारले सिंहलाई नियुक्त गरेको हो । उनीहरू एकै ब्याची हुन् । तर, एआईजी बढुवामा भने फरक–फरक मितिमा बढुवा भएका थिए ।

Categorized in राजनीति