STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालेन 'अन्तर्राष्ट्रिय ठग' : स्थापित

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १८, आइतबार

काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिँकिदा उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई झन् तीव्र बनाइरहेका छन् । यहीँ घरदैलौ कार्यक्रममा व्यस्त छन्, नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) का उम्मेदवार केशव स्थापित ।

घरदैलो कार्यक्रमकै शिलशिलामा काठमाडौंकै मेयरको प्रतिस्पर्धामा उत्रिएका, लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई स्थापितले ‘फुच्चे’ मात्र भनेनन् ‘ठग’, ‘पहाडिया ठकुरी,’ रहेको आरोप लगाए ।

उम्मेदवार स्थापितले आफ्नो पक्षमा भोट ल्याउन बालेनलाई अन्तर्राष्ट्रिय ठग भनेर युवाहरुलाई स्पष्ट पार्न खोजे । ठग बनि छिरेर काठमाडौंवासीलाई ढाँट्न खोजेको स्थापितको आरोप थियो ।

बालेनमाथि स्थापितले लगाएको आरोप जस्ताको तस्तै :

एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको हुँ, म पहाडिया ठकुरी भन्छ क्या, बालेन शाह । हिजो के कुरा खुल्यो भने ऊ यहाँको शाह नै होइन रहेछ मधेशतिरको साह रहेछ । सुरुमै ठग कुरा गर्ने मान्छे यहाँ ल्यायो भने के हालत हुन्छ ? सुरूवातमै ठग। दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ ? मधेशको मान्छे मेयर आँट गरेर आउनु पर्दैन ? आँटचाहिँ केही छैन। जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ। फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि ! यस्तो मानिसको पछि युवा लाग्ने ? उहाँहरूसँग मैले प्रतिस्पर्धा गर्नु छैन ।

Categorized in राजनीति