STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले बैठकमा आज ओलीको प्रतिवेदनमाथि छलफल हुने

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १०, बिहिबार

काठमाडौँ - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज बुधबार (हिजो) प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको पहिलो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।  १५ पृष्ठको प्रतिवेदनमा एमालेले आउँदो चुनाव जित्ने १८ आधार उल्लेख गरिएको छ ।

काठमाडौँको माइतीघरस्थिति कार्की ब्याङ्क्वेटमा बसेको बैठकमा विभिन्न प्रदेशको रिपोर्टिङ पनि गरिएको छ । महासचिव शङ्कर पोखरेलले जनसङ्गठन, केन्द्रीय निकायलगायतको रिपोर्ट बैठकमा राखेका थिए ।

बधबारको बैठकमा प्रदेशका अध्यक्षहरूले पनि आफ्नो क्षेत्रको रिपोर्टिङ गरेका छन् । १ नम्बर प्रदेशका पार्टी अध्यक्ष तुलसी न्यौपाने, मधेस प्रदेशका रामअवतार यादव, वाग्मतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारीले रिपोर्टिङ गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आज (बिहीबार) प्रतिवेदनमाथि छलफल हुने र निष्कर्षमा पुग्ने उनले बताए ।

Categorized in राजनीति