STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँ : माधव नेपाल

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ८, मंगलबार

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको चुनावसम्म कायमै रहने दाबी गरेका छन् ।

समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलबार अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरे ।

उनका अनुसार शक्तिको उचित मूल्याङ्कन गर्दै चुनावी गठबन्धन र तालमेलका क्रममा अरु पार्टीको सहरामा नभई आफ्नै शक्तिको सहरामा चुनावमा उठ्न अहिले पार्टी कमिटी निर्माणलाई तीव्र बनाइएको छ ।

नेपालले अमेरिकी अनुदानको कार्यक्रम ‘एमसीसी’ संसद्बाट अनुमोदन गर्न आफ्नो पार्टीसहितको सत्तारूढ वाम पार्टीले जस्ताको तस्तै पास हुनबाट रोक्न सफल भएको बताए । रासस

Categorized in राजनीति