STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ आषाढ १७, बिहिबार

    राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु

    संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्काे सिफारिसपछि राष्ट्रपति विद्या भण्डारीले आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी थिइन् । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । उनले भने, 'स्वास्थ्य मापदण्ड पालना गरी बैठक बस्न सकियोस्...

  • २०७८ आषाढ १६, बुधबार

    एमालेको केन्द्रीय कमिटी बिउँतिने

    काठमाडौं - नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था जटिल र संकटपूर्ण...

  • २०७८ आषाढ १५, मंगलबार

    कांग्रेस महाधिवेशन : निधि र काेइरालाबीचकाे बैठक सम्पन्न

    काठमाडौं - नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा बसेको उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाको बैठकले केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गर्ने निर्णय गरेको छ। महाधिवेशनमा सभापतिका आकांक्षी रहेका तीन नेताको बैठकले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय गरेको हो । ‘आजको बैठकमा केन्द्रीय सदस्यहरूसँग छलफल गरी आगामी रणनीति बनाउने सहमति भएको छ...

  • २०७८ आषाढ १५, मंगलबार

    कालीगण्डकी डाइभर्सनको विरोधमा पाँच दल एकै ठाउँ

    काठमाडौं - कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्घर्षका लागि तयार रहन आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले सोमबार एक विज्ञप्ति...

  • २०७८ आषाढ १५, मंगलबार

    प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइ : सरकारी पक्षबाट बहस जारी

    नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुपरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस...

  • २०७८ आषाढ १४, सोमबार

    विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने

    काठमाडौं - पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंको सोमबार बसेको बैठकले संसद विघटनविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा...

  • २०७८ आषाढ ११, शुक्रबार

    प्रदेश २ : मन्त्रिपरिषद समावेश नभएको भन्दै रिट

    प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख डा. राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ । उच्च अदालत जनकपुरमा दायर भएको रिट निवेदनमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश...

  • २०७८ आषाढ १०, बिहिबार

    मन्त्रीहरूको जिम्मेवारी हेरफेर

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राखेका छन् । अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेलले थप उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै शिक्षा मन्त्रालय सम्हालेका कृष्णगोपाल श्रेष्ठले थप वन तथा वातावरण;...

  • २०७८ आषाढ ९, बुधबार

    ओलीको प्रतिगमनकारी निर्णयविरुद्धमा जनपरिचालन

    पाँच दलीय विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी निर्णयविरुद्धमा आन्दोलन थाल्ने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले ओलीको प्रतिगमनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको हो । बैठकले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतिगमनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका...

  • २०७८ आषाढ ८, मंगलबार

    सर्वाेच्चको आदेशले राजनीतिलाई थप जटिलतातर्फ : प्रदीप ज्ञवाली

    काठमाडौं - नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेलेको टिप्पणी गरेका छन् । सर्वोच्चले मंगलबार २० मन्त्रीलाई पदमुक्त गरेपछि उनले सो टिप्पणी गरेका हुन् । ‘सर्वोच्चको फैसला अप्रत्याशित छ, यसले राजनीति थप जटिलतातर्फ धकेलिने निश्चित छ ।’ एमाले प्रवक्ता ज्ञवालीले भने । उनले अब पार्टीको बैठक बसेर यसबारे छलफल गर्ने बताए । मंगलबार अदालतले ओलीले गएको...

  • २०७८ आषाढ ८, मंगलबार

    सर्वोच्चको आदेशपछि सरकारका २१ जना मन्त्री पदमुक्त

    काठमाडौं - सरकारका २१ जना मन्त्री पदमुक्त भएका छन्। मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका २१ मन्त्रीलाई कामकाज नगर्न अन्तरिम आदेश दिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार...

  • २०७८ आषाढ ५, शनिबार

    जसपा ठाकुर पक्षमाथि जालसाजीको आरोप

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण फेरेकोप्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । यादवले पक्षले शनिबार विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले जालसाजी गरेको आरोप लगाएको हो । जसपा यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले निर्वाचन आयोग, पार्टीपंक्तिलाई गुमराह गर्ने उद्देश्यले नक्कली बैठक ‍पुस्तिका तयार गरेर...

Pages